अख्तियार प्रमुखमा नवीन घिमिरेको नाम सिफारिस

काठमाडौं– संवैधानिक परिषदले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुखमा नवीनकुमार घिमिरेको नाम सिफारिस गरेको छ ।

परिषद्को बुधबार बिहान बसेको बैठकले घिमिरेको नाम सिफारिस गर्ने निर्णय गरेको छ । घिमिरे हाल अख्तियारको कामु प्रमुख रहेका छन् ।

सिफारिसँगै अब उनको नाम संसदीय सुनुवाईमा पठाइनेछ । संसदीय सुनुवाई समितिबाट उनको नाम अनुमोदन भएमा राष्ट्रपतिबाट अख्तियारको प्रमुख आयुक्तमा नियुक्त हुनेछन् ।

अख्तियार प्रमुख दीप बस्नेतकाे बहिर्गमनपछि उनी कामुको हैसियतमा छन् ।

घिमिरे २०७१ सालमा अख्तियारको आयुक्त नियुक्त भएका थिए ।