सिड्नी । गोरखा समाज अस्ट्रेलियाले नेपाली नयाँ वर्ष २०८० सालको अवसर पारेर शुभकामना आदान प्रदान सहित विशेष कार्यक्रम गर्ने भएको छ । समाजले यही मे ६ आइतबार मेरिल्याण्ड्सस्थित रेष्ट फङ्सन सेन्टरमा नयाँ बर्ष शुभकामना साँझ २०८० को आयोजना गरेको छ ।
उक्त अवसरमा शुभकामना आदान प्रदान, रात्रिभोज सहित अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष प्रकाश बास्ताकोटीले जानकारी दिए । गोरखा स्थायी घर भई हाल विभिन्न शिलशिलामा अस्ट्रेलियामा रहेका गोर्खाली बन्धुहरुको कार्यक्रममा उपस्थिति रहने उनले बताए ।
उक्त अवसरमा शुभकामना आदान प्रदान, रात्रिभोज सहित अन्य विविध मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरिएको समाजका अध्यक्ष प्रकाश बास्ताकोटीले जानकारी दिए । गोरखा स्थायी घर भई हाल विभिन्न शिलशिलामा अस्ट्रेलियामा रहेका गोर्खाली बन्धुहरुको कार्यक्रममा उपस्थिति रहने उनले बताए ।त्यस्तै समाजका विभिन्न अगुवा व्यक्तित्वहरुको समेत विशेष उपस्थिति रहने उनको भनाई छ । सोही कार्यक्रममा समाजले आफ्नो बार्षिक साधारण सभा समेत सम्पन्न गर्नेछ । साधारण सभाबाट नयाँ कार्यसमिति समेत गठन हुने अध्यक्ष बास्ताकोटीले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।






