सिड्नी । नेपालमा सञ्चालित रियालिटी शो मध्ये सर्वाधिक पुरस्कार राशिको रियालिटी शो अहिले सञ्चालन भईरहेको छ ।
ईन्टरनेशनल वेलफेयर एण्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गायन र नृत्य विधाका प्रतिभाहरुलाई समेट्दै ‘मेरो डान्स युनिभर्स’ र ‘मेरो भ्वाईस युनिभर्स’को आयोजना गरेको हो ।
विभिन्न कारणले परदेशमा रहेका नेपाली र नेपाल मै रहेका प्रतिभाहरुलाई एउटै मञ्चमा समेट्ने गरी आयोजना गरिएको रियालिटी शो को अहिले विभिन्न देशमा अडिसन चलिरहेको छ ।
जसअन्तर्गत २० मार्च २०२३ मा अस्ट्रेलियाको पाराभिल्लाको प्यारामाटा प्याम्पल स्ट्रिटमा दुबै अडिसन आयोजना गरिएको रियालिटि शोका अस्ट्रेलिया सयोंजक विजयजगं थापाले जानकारी दिए । नेपाली भाषा, कला र संस्कृतिलाई विश्व सामु चिनाउने तथा विश्वभर छरिएर रहेका नेपालीहरुलाई समेट्ने गरी कार्यक्रम आयोजना गरिएको उनको भनाई छ ।
अस्ट्रेलियामा हुने अडिसनकालागि नेपाली नायक दिलिप रायमाझी आउँदै छन् भने अन्य तैयारी टिम भने आईसकेको छ । अस्ट्रेलियाका विभिन्न राज्यमा रहेका प्रतिभाहरुको सहभागीता रहने अडिसनबाट उत्कृष्ट ५ प्रतिष्प्रधी छनौट गरी फाईनल प्रतिष्प्रधाका लागि नेपाल पठाईनेछ ।
उक्त शो को यसअगाडी क्यानडा, अमेरीका, दुबई र थाईल्याण्डमा अडिसन सम्पन्न भएको छ भने नेपालमा पनि केही दिन भित्र अडिसन खुल्ला हुने थापाले बताए ।
यो नेपाल कै ठुलो धन राशीको रियालीटी शो हो । यस प्रतियोगितामा प्रथम हुनेले १ करोड, द्धितिय हुने्ले ३० लाख र तृतिय हुनेले २० लाख नेपाली रुपैयाँ पाउने छन् । यस प्रतियोगितामा १८ बर्ष वा १८ बर्ष भन्दा माथी उमेर समुहका ब्यक्तिहरुले मात्र भाग लिन पाउने छन् ।








