दुई दिनअघि मात्र राजधानीमा सम्पन्न सिजी कामना अवार्डमा ‘महसुस’ फिल्मबाट उत्कृष्ट अभिनेता र अभिनेत्रीको अवार्ड थापेका आर्यन सिग्देल र केकी अधिकारीले बुधबार सम्पन्न डि सिने अवार्डमा पनि सोही फिल्मबाट अभिनेता र अभिनेत्रीको अवार्ड थापेका छन्। राजधानीको प्रज्ञा प्रतिष्ठानमा भएको कार्यक्रममा अवार्ड लिन आर्यन वैशाखीको सहारामा आए भने केकी चाहिँ देशबाहिर भएकीले उपस्थित थिइनन्।
छैटौं संस्करणको कार्यक्रममा उत्कृष्ट फिल्मको अवार्ड ‘मोक्ष’ले जित्यो।
डि सिने अवार्ड : ‘मोक्ष’, आर्यन र केकी उत्कृष्ट






