काठमाडौं । काठमाडौं क्षेत्र नं ५ मा नेपाली कांग्रेसका प्रदीप पौडेल भारी मतान्तरका साथ विजयी भएका छन् ।
पौडेलले एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललाई पाँच हजारभन्दा बढी मतले पराजित गरेका हुन् ।
पौडेलले १५२३७ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी पोखरेलले १०१७२ मत प्राप्त गरेका छन् ।
उनीहरुबीच्को मतान्तर ५०६५ रहेको छ । पौडेल पहिलोपटक सांसद बनेका हुन् ।
यसअघि उनी २०७४को प्रदेशसभामा झिनो मतान्तरका साथ पराजित भएका थिए ।






