पुनर्निर्माणका लागि भारतद्वारा १ अर्ब ६० करोड रुपैयाँ प्रदान

काठमाडौं- भूकम्पपछिको पुनर्निर्माणका लागि नेपाललाई भारतले १ अर्ब ६० करोड रुपैयाँ प्रदान गरेको छ ।

भारत सरकारले नेपालमा पुनर्निर्माणको काम समयमै सम्पन्न गर्न पूर्वप्रतिबद्धताअनुसार आज रकम हस्तान्तरण गरेको हो ।

अर्थ मन्त्रालयमा एक कार्यक्रम गरी नेपालका लागि भारतीय राजदूत मञ्जीवसिंह पुरीले अर्थमन्त्री डा.युवराज खतिवडालाई एक अर्ब ६० करोडको चेक हस्तान्तरण गरे ।

उक्त रकम नुवाकोट र गोरखामा निजी आवास पुनर्निर्माणका लागि खर्च गरिने जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *