सिड्नीमा गल्फ लिग हुँदै

सिड्नी । अस्ट्रेलियाको सिड्नीमा रहेका नेपाली खेलाडीहरुको साझा संस्था एनएसडब्ल्यू नेपलिज गल्फर टिमले गल्फ लिग गर्ने भएको छ ।

खेलाडीलाई प्रोत्साहन गर्दै खेल क्षेत्रलाई अगाडी बढाउने उद्धेश्यले यही नोभेम्बर २७ तारिख आईतबार सिड्नीको फक्स हील गल्फ कोर्समममा लिग सुरु हुनेछ ।

प्रत्येक वर्ष च्यारिटी गर्दै आएको संस्थाले यस वर्ष लिग गर्न लागेको र पहिलो खेल उक्त दिन बिहान ६ः३० बजेबाट सुरु हुने गल्फ लिगका सयोंजक सुदिप बास्तोलाले लण्डन नेपाल न्यूजलाई जानकारी दिए ।

लिग अन्तर्गत प्रत्येक महिनामा एक खेल हुने र ८ महिनामा मात्रै लिगका फाईनल खेल हुने उनले बताए । लिगलाई सिड्नीको प्रख्यात कलेज क्राउन ईन्स्टिच्यूट अफ विजनेश एण्ड टेक्नोलोजिले प्रायोजन गर्ने भएको छ ।

नेपाली समुदायमा हुन लागेको लिगलाई लिएर सम्पूर्ण खेलाडीहरु उत्साहित भएको खेलाडी दिपक पहारीले बताए । उनले यसका लागि आफुहरु आतुर रहेको समेत बताए ।

लिगमा सहभागी हुन १० डलर लाग्ने तथा खेल स्टेबलफोर्ड अनुसार हुने बताईएको छ । लिगमा रनर अप, लगेंस्ट ड्राईभ र नियरेष्ट पिन अनुसार हुने आयोजकले जनाएको छ ।