सिड्नी । सिड्नीका विभिन्न ठाउँमा शाखा रहेको सफायर रियलस्टेटले लोकल बिजनेस अवार्ड अन्तर्गत ’लिभरपुल सिटी आउटस्टाण्डिङ अवार्ड २०२२’ जित्न सफल भएको छ ।
लिभरपुल काउन्सिलले उत्कृष्ट व्यवसायीलाई प्रत्येक वर्ष प्रदान गर्दै आईरहेको उक्त अवार्ड यस वर्ष सफायर रियलस्टेटको लेपिन्टन शाखाले जित्न सफल भएको सफायरको अस्ट्रल शाखा प्रिन्सिपल नव पाण्डेले बताए ।

सिड्नीका विभिन्न ४ वटा सहरहरुमा शाखा मार्फत सञ्चालित सफायरको लेपिन्टेन शाखाले उक्त अवार्ड जितेको हो । पाण्डेले यस वर्ष उत्कृष्ट रियलस्टेट एजेन्ट बन्दै अस्टल र लेपिन्टनबाट ’एजेन्ट अफ द ईयर’को उपाधी समेत हात पारेका छन् ।
रियलस्टेटले विभिन्न सामाजिक सेवामा समेत काम गर्दै आईरहेको छ । केही समय अगाडी रेट माई एजेन्टको अस्ट्रल र ग्लेनफिल्डको ’एजेन्सी अफ द एर’ अवार्ड समेत सफायरका शाखाले जितेका थिए । रेट माइ एजेन्ट भन्ने कम्पनीले अष्ट्रेलिया र न्यूजिल्याण्डमा सञ्चालनमा रहेका रियलस्टेट कम्पनीहरुको रेटिङ्ग गर्ने काम गर्दछ ।
कम्पनीहरुले दिएको सेवा, सेवाग्राहीहरुको सन्तुष्टि र उनीहरुले दिएको रेटिङ्गको आधारमा रियलस्टेट कम्पनीहरुलाई उत्कृष्ट घोषणा गर्दै अवार्ड दिने गरेको छ । सामाजिक सञ्जालबाट भोटिङ, रियलस्टेटमा गुगल रिभ्यू र स्थानीयको भोट समेतलाई आधार मानेर उत्कृष्ट छनौट गर्ने गरिएको छ ।

आफुहरुले अवार्ड पाउन नभएर ग्राहकहरुको सेवा र सन्तुष्टीका लागि काम गरेको भन्दै सफायर रियलस्टेट अस्ट्रलका प्रबन्धक पाण्डेले यो अवार्डले अझै धेरै जिम्मेवारी थपेको बताए । गत वर्ष सफायरको सेभेल हिल्स् शाखाले पनि ब्ल्याक टाउन सिटी काउन्सिलको अवार्ड जितेको अर्का प्रबन्ध निर्देशक अंकिल परमारले बताए ।
गत वर्ष सफायरको बैकंस्टाउन शाखाले पनि अवार्ड जितेका थियो । यो वर्ष अस्ट्रल र ग्लेनफिल्ड शाखाले अवार्ड हात पारेका छन् । सफायरका प्रबन्ध निर्देशक रञ्जितराज बन्तले यो विभिन्न शाखाले प्राप्त गरको अवार्डबाट आफुहरुलाई अझै धेरै राम्रो काम गर्न हौसला थपेको बताए ।







