यो वर्षको फिफा वर्ष खेलाडी को बन्ला ?

विश्व फुटबल महासंघ (फिफा) ले यो वर्षको वर्ष खेलाडीका लागि अन्तिम सूची गयराति सार्वजनिक गरेको छ। वर्ष खेलाडीको उपाधि होडमा यो वर्ष पनि बार्सिलोनाका अर्जेन्टाइन स्ट्राकाइर लियोनेल मेस्सी र रियाल मड्रिडका पोर्चुगिज स्ट्राइकर क्रिस्टियानो रोनाल्डो रहेका छन् । उनीहरुसँगै उपाधिको रेसमा विश्वविजेता जर्मनीका गोल रक्षक म्यानुएल नुयर पनि उभिएका छन् ।

मेस्सी, रोनाल्डो र नुयरलार्इ यसअघि छानिकएका २३ जनाको सूचीबाट यो वर्षको फिफा बालुन डीओर उपाधिका लागि फिफाले अन्तिम तीनमा छनोट गरेको हो ।  क्लबस्तरमा जादयी सफलता चुमिरहेका मेस्सी र रोनाल्डोसँगै ब्राजिलमा भएको विश्वकप जर्मनीलार्इ जिताउन मूख्य भूमिका खेलेका नुयर अन्तिम तीनमा छानिएपछि यो पटकको वर्ष खेलाडीको उपाधि कसले चुम्ला विश्लेषण गर्न कठिन भएको छ ।