लण्डन । चार्ल्टन नेपाली समाज युकेको समर भेटघाट तथा बीबीक्यू कार्यक्रम जुलाई २४ मा हुने भएको छ ।
समाजले जुलाई २४ आईतबार दिउँसो ११ बजेदेखि साँझ ८ बजेसम्म विविध साँस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रमको आयोजना गरेको छ ।
मेरिडियन स्पोट्स एण्ड सोसियल क्लबको प्राङ्गणमा हुने कार्यक्रममा नेपालबाट आएका चर्चित कलाकारहरुको सांस्कृतिक प्रस्तुती सगैं साउथ ईष्ट लण्डनका भलिबल टिमहरुबीच पुरुष तथा महिला भलिबल प्रतियोगिता कार्यक्रमको आयोजना गरिएको चार्ल्टन नेपाली समाजकी अध्यक्ष रेखा खरेलले लन्डन नेपाल न्यूजलाइ बताइन्
समाजका उपाध्यक्ष प्रकाश कंडेलले उक्त कार्यक्रममा स्वादिलो खाना, चर्चित डिजे, र सुन्दर नाँचहरुको बेजोड समिश्रण रहने भएकोले विशेष मनोरञ्जनात्मक हुने बताए ।
यसैगरी कार्यक्रम ब्यापक बनाउन समाजले पुर्व अध्यक्ष रोमनाथ पाण्डे लाई भलिबल खेलको संयोजक बनाएको कंडेलले जानकारी दिए ।

ओपन बार बि क्यू कार्यक्रममा उपस्थित हुन् सबैमा अध्यक्ष रेखा खरेलले अनुरोध गरेकी छन् ।






