काठमाडौं । बेलायतमा रोजगारीका लागि नेपाली नर्सहरु पठाउने प्रक्रिया सुरु गरेको सरकारले जनाएको छ ।
बजेटको मन्त्रालयतगत शीर्षकमाथिको छलफलमा उठेका प्रश्नहरुको जवाफ दिँदै श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले मासिक करिब ४ लाख तलब प्राप्त हुने गरी १० हजार जनशक्ति बेलायत पठाउने गरी सम्झौता गर्न लागेको जानकारी दिएका हुन् ।
मन्त्री श्रेष्ठले जापान, कोरिया, न्युजिल्याण्ड लगायतका देशमा श्रमिक पठाउनका लागि समेत पहल भइरहेको बताए । मन्त्री श्रेष्ठले जापानमा रोजगारीका लागि श्रमिक पठाउनका लागि छिट्टै प्रक्रिया अघि बढाइने पनि बताएका छन् ।
श्रेष्ठले वैदेशिक रोजगारीका क्रममा जाने श्रमिक नठगिउन् भनेर आफू गम्भीरताका साथ लागिपरेको उल्लेख गरे । ठगीमा संलग्नलाई कुनै पनि हालतमा नछाड्ने उनको प्रतिवद्धता छ






