गोपाल अधिकारीको नेतृत्वमा लिभरपुलमा एनआरएनए क्षेत्रीय कमिटी गठन,अरु को को आए ?

लन्डन। गैरआवासीय नेपाली संघ (एनआरएनए) यूके अन्तर्गत इंग्ल्याण्ड राज्य समन्वय परिषदले क्षेत्रीय कमिटी बिस्तार कार्य अघि बढाएको छ ।

क्षेत्रीय अवधारणामा जाने संस्थाको नीतिअनुरुप इंग्ल्याण्डका विभिन्न क्षेत्रमा एनआरएनए क्षेत्रीय कमिटीहरु बिस्तार शुरु गरिएको अध्यक्ष एलबिजेड गुरुङले जानकारी दिए ।

केही दिनअघि केन्टमा क्षेत्रीय कमिटी गठन गरेको परिषदले सोमबार लिभरपुलमा पनि कमिटी बिस्तार गरेको छ ।  सोमबार एनआरएनए इंग्ल्याण्ड राज्य समन्वय परिषदका अध्यक्ष एलबिजेड गुरुङसहितका पदाधिकारीको उपस्थितिमा लिभरपुलमा ‘लिभरपुल मार्सीसाइड काउन्टी कमिटी’ गठन गरिएको छ ।

समितिको संयोजकमा स्थानीय युवा व्यवसायी एवम् समाजसेवी गोपाल अधिकारी चयन भएका छन् ।

समितिमा सचिव धन गुरुङ तथा सदस्यहरु खेम गुरुङ, कविराज शर्मा, नेत्र खरेल, कृष्णा गुरुङ, कृष्णा भट्टराई, बब गुरुङ र ऋषि भण्डारी छन्।

समिति गठनका लागि एनआरएनए इंग्ल्यान्ड राज्य परिषदका अध्यक्ष एलबिजेड गुरुङ, सचिव राम पन्थी, सहसचिव अहिल्या कुँवर, प्रवक्ता डा विशाल गुरुङ लगायत लिभरपुल पुगेका थिए । त्यस्तै, एनआरएनए केन्द्रीय उपाध्यक्ष थर्क सेन र स्थानीय सांसद डानियल कार्डेनको पनि कार्यक्रममा उपस्थिति थियो ।