काठमाडौं– सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर ४ दशमलव ७ रेक्टर स्केलको परकम्प गएको छ । आइतबार बिहान ५ बजेर ६ मिनेटमा सिन्धुपाल्चोक केन्द्रबिन्दु भएर परकम्प गएको हो ।
उपत्यकामा पनि महशुस गरिएको धक्का २०७२ साल बैशाख १२ गतेकै भूकम्पको परकम्प भएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।
यसअघि गएको कात्तिक ८ गते सिन्धुपाल्चोक र दोलखाको सिमानामा ४ रेक्टर स्केलको परकम्प गएको थियो ।






