काठमाडौं । इन्डोनेसिया आएको सुनामीमा परेर कम्तिमा २० जनाको मृत्यु भएको छ ।

सुन्डा स्ट्रेट तटीय क्षेत्रमा आएको सुनामीमा परेर उनीहरुको मृत्यु भएको हो । सुनामीमा परेर १ सय ६५ जना घाइते भएको त्यहाँको प्रकोप व्यवस्थापन एजेन्सीले जनाएको  छ ।

सुनामीका कारण दर्जनौं भवन भत्किएका छन् । सुन्डा स्ट्रेट खाडी आसपासको तटीय क्षेत्रमा ज्वालामुखी बिस्फोट भइ समुद्रभित्र पहिरो गएपछि सुनामी आएको आशंका गरिएको छ ।

सुमात्रा र जावा द्वीपको बीचमा रहेको सुन्डा स्ट्रेट हिन्द महासागरसँग जोडिएको छ । सुनामीले सयौं सवारी साधनमा समेत क्षति पुर्‍याएको छ ।

सडकसम्म पानी पसेकाले सवारी आवागमन बन्द भएको छ ।

सुन्डा स्ट्रेट र आसपासका नागरिकलाई सुरक्षित स्थानमा सारिएको छ । नागरिकहरुलाई सचेत रहन सरकारले अपील गरेको छ ।(एजेन्सी)

फेसबुक कमेन्ट