काठमाडौं– दोलखाको गौरीशंकर गाउँपालिका- २ स्थित जुँगुमा चुनाव प्रचारप्रसार सकेर होटलमा बसिरहेका एक एमाले कार्यकर्ताको हत्या भएको छ ।
जुगुमा रहेको एक होटलमा बसिरहेका ३३ वर्षीय कुल बहादुर तामाङको हत्या भएको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ । घटना संलग्न रहेको आशंका ८ जनालाई पक्राउ गरिएको दोलखा जिल्लाका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले बताए ।
तामाङ गौरीशंकर गाउँपालिकाका एमाले उम्मेदवार रहेका गोरे तामाङका छोरा हुन् । उनलाई गएराति करिव साढे ८ बजेतिर माओवादी केन्द्रका कार्यकर्ताले भाला र खुकुरी प्रहार गरी हत्या गरेका दोलखा एमालेले आरोप लगाएको छ ।






