लण्डन । युरोपियन युनियनले नेपालका बाढी प्रभावितका लागि ९ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने भएको छ ।
दक्षिण एसियाका बाढी प्रभावितका लागि छुट्याइएको २० लाख पाउण्डमध्येबाट नेपाललाई ८ लाख पाउण्ड सहयोग गरिने इयुले जनाएको छ । यो रकम प्रभावितका लागि आवास, खाद्यन्न, पानी तथा सरसफाइ, स्वास्थ्य सेवालगायतमा खर्च गरिने छ ।
सहयोग रकम इयुको नागरिक सुरक्षा तथा मानवीय सहायता संचालन विभाग (इसिएचओ) को माध्यमबाट खर्च गरिने समेत इयुले विज्ञप्ति मार्फत जनाएको छ ।
युरोपियन युनियनले गएको १५ वर्षयता नेपालमा विपद जोखिम नियन्त्रण तथा तयारीका लागि २ करोड ४० लाख युरोभन्दा बढी सहयोग गरेको छ ।
इयुले नेपालका बाढी प्रभावितका लागि ९ करोड ८५ लाख रुपैयाँ सहयोग गर्ने






