‘मिसेस् नेपाल युनिभर्स’ की सन्नी शाहीले जितिन् मिसेस लोयल युनिभर्स २०२२ को उपाधि

लण्डन । बुल्गेरियामा आयोजित ४५ औँ मिसेस् युनिभर्स सौन्दर्य प्रतियोगीतामा‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताकी सुन्दरी बिजेता सन्नी शाहीले ,मिसेस लोयल’ युनिभर्स उपाधि जितेकी छिन् ।

लण्डन फेशन हाउसको आयोजनामा बेलायतमा सम्पन्न तेश्रो ‘मिसेस् नेपाल युनिभर्स २०२२’ प्रतियोगिताको उपाधि जितेर सन्नीले मिसेस युनिर्भस प्रतियोगितामा सहभागी हुने अवसर पाएकी हुन् ।

मिसेस् नेपाल युनिभर्स वीनर साहीले नेपालको प्रतिनिधित्व गर्दै ४ फेब्रुअरीमा बुल्गेरिया सम्पन्न ४५ औँ मिसेस युनिभर्स २०२२ मा मिसेस लोयल युनिभर्स २०२२ हात पार्न सफल भएकी हुन् ।

लण्डन फेशन हाउसकी निर्देशिका मनिषा डगोंल श्रेष्ठ तथा फिन्ने युकेकी सचिव सन्तोषी कार्की लगायतको टोलि सनिलाई प्रोत्साहन दिन बुल्गेरिया पुगेका थिए।

मिसेस युनिभर्स विवाहित महिलाहरुको सुन्दरी प्रतियोगीता हो । जसमा विश्वभरका महिलाहरुले भाग लिने गरेका छन् । यसवर्षको ४५ औँ मिसेस युनिभर्समा विश्वभरका १२० विवाहित महिलाहरुको सहभागिता थियो ।

बेलायतमा लण्डन फेशन हाउसले महिलाहरुमा रहेको प्रतिभा उजागर गर्न र विदेशमा पनि नेपाली भाषा संस्कृतिको जगेर्ना गर्न टेवा पुर्याउने उद्धेश्यले मिसेस नेपाल युनिभर्स गर्दै आएको छ । निर्देशिका मनिषा डंगोल श्रेष्ठले मिसेस् नेपाल युनिभर्स वीनर सन्नी प्रति आभार व्यक्त गरिन् ।

सन्नीले प्रतियोगिताले सामाजिक सांस्कृतिक वृत्तिविकासमा मद्दत गरेको भन्दै नेपाल र नेपाली झल्किने विभिन्न क्रियाकलाप गरी नेपालको छाप छाड्न सफल भएकोमा यस यात्रामा सहयोग र समर्थन गर्ने विभिन्न व्यक्ति तथा संस्थालाई समेत धन्यवाद व्यक्त गरिन ।