सुदुरपश्चिम अस्ट्रेलिया समाजले नयाँ वर्ष धमाका कार्यक्रम गर्दै

सिड्नी । सुदुरपश्चिम अस्ट्रेलिया समाजले नयाँ वर्ष २०७९ को अवसरमा विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक कार्यक्रम गर्ने भएको छ ।

समाजले यही अप्रिल १६ तारिखमा मराना अडिटोरीयम हस्र्टभिल ईन्टरटेनमेन्ट सेन्टरको सभाहलमा नेपाली चर्चित कलाकारहरुको साथमा कार्यक्रम गर्न लागेको हो ।

समाजले २ वर्षदेखि कोरोना भाईरस सक्रंमणका कारण कार्यक्रम गर्न नसकेकोमा यस वर्ष भने विशेष धमाका कार्यक्रमको आयोजना गरिएको सुुदुरपश्चिम अस्ट्रेलिया समाजका अध्यक्ष मोहन देव भट्टले जानकारी दिए । पूर्व मेची देखि पश्चिम महाकालीसम्मका नेपाली कलाकारहरुले उक्त कार्यक्रममा मनोरञ्जन एवम् सागींतिक प्रस्तुती दिने उनले बताए ।

कार्यक्रममा नेपाली चर्चित कलाकारहरु शिव परियार,मिलन नेवार,ज्योति मगर,चक्र बम,त्रिशना गुरुङ,डिल्ली फोम्बो लगायतले प्रस्तुती दिनेछन् ।

कार्यक्रको उद्घाटन हस्र्टभिल   र वेकाउन्सिल मेयरहरु ले गर्ने आयोजकले जनाएको छ । कार्यक्रमको अस्ट्रेलिया स्थित विभिन्न नेपाली व्यवसायहरुले प्रायोजन गरेका छन् ।