काठमाण्डौ । श्रम स्वीकृति रद्द गर्न र बीमा रकम भुक्तानीका लागि वैदेशिक रोजगार विभाग जानु नपर्ने भएको छ ।
विभागले श्रम स्वीकृति रद्द सम्बन्धी सेवासमेत सम्बन्धित कार्यालय प्रमुखबाट हुने गरी निणर्य गरेकोे हो ।
यसअघि श्रम स्वीकृतिपछि सम्बन्धित कामदार तोकिएको कम्पनीमा नगए विभागको कम्युटर शाखाले श्रम स्वीकृति रद्द गर्ने गरेको थियोे भने बीमा रकम भुक्तानीका लागि श्रम स्वीकृति लिएको विभागको पत्र चाहिने व्यवस्था थियोे ।
बीमा रकम भुक्तानीका लागि सम्बन्धित बीमा कम्पनीले विभागको वैदेशिक रोजगार सूचना व्यवस्थापन प्रणाली (फेमिस)बाटै रुजु गर्न सक्ने विभागले बताएको छ ।






