रुस र युक्रेनबीच आज फेरि शान्तिवार्ता हुँदै

{"caption":"u0930u0941u0938u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094du0932u093eu0926u093fu092eu093fu0930 u092au0941u091fu093fu0928 u0930 u092fu0941u0915u094du0930u0947u0928u0940 u0930u093eu0937u094du091fu094du0930u092au0924u093f u092du094bu0932u094bu0926u093fu092eu093fu0930 u091cu0947u0932u0947u0928u094du0938u094du0915u0940 u0964","photographer":"","alt_text":""}

एजेन्सी । रुस र युक्रेनबीच आज फेरि शान्तिवार्ता हुँदैछ । रुसी वार्ताकार डेविड अराखामियाका अनुसार आजदेखि अनलाइन माध्यमबाट वार्ता हुन लागेको हो ।

युक्रेनले राष्ट्रपति भोलोडिमिर जेलेन्स्की र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनबीच सिधा वार्ताको प्रस्ताव गरिएको भए पनि रुसले अस्वीकार गरेको अराखामियालाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएको छ ।

यसैबीच रुसी ग्यास किन्ने मुलुकले आजदेखि रुसी मुद्रा रुबलमा भुक्तानी नगरे ग्यास नपाउने भएका छन् । रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले हिजो रुसी ग्यास किन्ने मुलुकले रुबलमा भुक्तानी नगरे ग्यास नपाउने निणर्यमा हस्ताक्षर गरेसँगै आजैदेखि कार्यान्वयनमा आएको हो ।

योसँगै युरोपमा उर्जा संकटको जोखिम बढेको अन्तराष्ट्रिय संचार माध्यमले जनाएका छन् । युरोपमा प्रयोग हुने एक तिहाइभन्दा बढी ग्यास रुसले आपूर्ति गर्छ ।

युक्रेन आक्रमणलाई लिएर पश्चिमा मुलुकहरुले आर्थिक नाकाबन्दी गरेपछि रुसले शत्रुतापूणर् सम्बन्ध भएका मुलुकले ग्यासको भुक्तानी रुबलमा गर्नुपर्ने माग राखेको हो । यसअघि युरोपले युरो र डलरमा रुसी ग्यास खरिद गर्दै आएको थियो ।