चौथो गुल्मी महोत्सवमा झण्डै ६ दर्जन कलाकारहरुले प्रस्तुती दिने

गुल्मी। आगामी चैत्र २५ गतेदेखि वैशाख ४ गतेसम्म गुल्मीको सदरमुकाम तम्घासमा हुने चौथो गुल्मी महोत्सव,प्रादेशिक व्यापार एवम् औद्योगिक मेलामा झण्डै ६ दर्जन ख्याति प्राप्त राष्ट्रिय कलाकारहरुले सागींतिक प्रस्तुती दिने भएका छन् ।

महोत्सव नजिकिएसगैं आयोजक गुल्मी उद्योग वाणिज्य सघंले विभिन्न गतिबिधिहरु अगाडी बढाएको छ । मेलामा लोकदोहोरी, आधुनिक गायक तथा हास्यवंग्य सहित विभिन्न बिधाका कलाकारहरुको प्रस्तुति रहने चौथो गुल्मी महोत्सव साँस्कृतिक कार्यक्रम संयोजक इश्वरी कंडेलले बताए । मेलामा राष्ट्रिय स्तरमा चर्चामा रहेका कलाकारहरु बोमबहादुर कार्की, शिव परियार, राजु परियार, बद्रि पंगेनी, पशुपति शर्मा, कुलेन्द्र बिश्वकर्मा, चन्द्र शर्मा, खुमन अधिकारी, कमल खत्री,रामजी खाँड, रचना रिमाल, शान्ती श्री परियार लगायतले प्रस्तुती दिँदैछन् ।

त्यस्तै अलिफ खाँन, बैकुण्ठ महत, प्रिती आले, रमेशराज भट्टराई, राधिका हमाल, अञ्जली अधिकारी, श्रीप्रसाद थापा,कमला घिमिरे, महेन्द्र गौतम, नारायण बिपि परियार, बिष्णु श्रीपाली, विसाल श्रेष्ठ बसन्त खत्री, लक्ष्मण खड्का, शितल शर्मा, कल्पना कुसुम, पुरुषोत्तम भण्डारी सिता राना, समिक्षा बिसी, सन्तु थापा, गणेश अधिकारी, अनुराना मगर, भुवन भुसालले पनि प्रस्तुती दिने आयोजकले जनाएको छ ।

त्यस्तै सन्तोष केसी, हरि खत्री, तुलसिंह रनपछाई, उज्जवल गिरी, सम्झना परियार, शुसिला गौतम, तिलक बस्नेत, दिपु मगर, धनमाया राना, शिलु भट्टराई, लक्ष्मी बस्नेत, नन्दु परियार, सुरी मगर, सूर्य रेगामी, सुरेश राना, पवन परियार, मनिषा पोखरेल, राशी रिजालले सागींतिक प्रस्तुती दिने साँस्कृतिक संयोजक कंडेलले बताए ।

महोत्वसमा सुनिल थापा, मन्जु थापा, टिकाराम पोखरेल, शान्तारानी परियार, बिष्णु सिंजाली, कमल कार्की, कमल कंडेल, रितु थापा, माया थापा, निर्मला थापा मगर, बिक्रमवावु वि.क., रामकुमार बिष्ट, दिनेश थापा लगायतको प्रस्तुती रहनेछ ।

मेलामा गुल्मी जिल्लाबाट राष्ट्रिय स्तरमा चर्चामा रहन सफल उद्मान गायकहरु पनि समाबेश हुनेछन् । राष्ट्रिय कलाकारसँगै जिल्लाका १२ वटै स्थानीय तहमा रहेका स्थानीय जातजातिका संस्कृति झल्कीने विशेष मौलीक प्रस्तुतीहरु राखिने कंडेलले बताए ।

गुल्मी महोत्सवमा चिदीचौर खेल मैदानमा आयोजना हुँदैछ । महोत्सवको ८० हजार दर्शकले अवलोकन गर्ने अपेक्षा आयोजकले राखेको छ । त्यस्तै महोसत्वमा झण्डै दुई सय स्टल रहने गुल्मी उद्योग वाणिज्य संघले जनाएको छ ।