६ वर्षपछि सर्वसाधारणका लागि खुला हुँदै गद्दी बैठक

काठमाडौं । २०७२ को विनाशकारी भूकम्पले क्षतिग्रस्त भएको बसन्तपुरस्थित गद्दी बैठक आजबाट सर्वसाधारणका लागि खुला गरिने भएको छ ।

अमेरिकन सहयोगमा पुननिर्माण गरिएको गद्दी बैठक सर्वसाधारणका लागि अवलोकन प्रयोजनार्थ खुला गरिन लागिएको हो । आज अपरान्ह ४ बजे उदघाटन कार्यक्रम राखिएको छ ।

हनुमान ढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दिप खनालका अनुसार पर्यटन सचिव महेश्वर न्यौपानेले उद्घा‍टन गरेपछि गद्दी बैठक औपचारिक रुपमा सर्वसाधारणका लागि खुला गरिनेछ । बसन्तपुर तथा हनुमानढोका क्षेत्रमा पुननिर्माण कार्य जारी छ ।