अष्ट्रेलियाको शक्तिशाली संस्था ‘आईसाना’को सचिवमा पुग्ने पहिलो नेपाली भए शिव बन्जरा

तक्दीर अधिकारी
सिड्नी । अष्ट्रेलियाको शक्तिशाली संस्था अन्तर्गत पर्ने इन्टरनेशटल स्टुडेन्टस एडभाइजर्स नेटवर्क अफ अष्ट्रेलिया (आईसाना)को नेतृत्वमा पहिलो पटक नेपाली पुग्न सफल भएका छन् ।

अष्ट्रेलियामा अध्ययन नर्ग आउने अन्तर्राष्ट्रिय विद्यार्थी र यहाँको शिक्षासँग सम्बन्धित रहेर यी दुईको हकहितको निम्ती काम गर्ने उद्देश्यको साथ १९८९ मा स्थापना भएको आईसानामा शिव बञ्जराले सचिवको जिम्मेवारी पाएका हुन् । यहाँका शक्तिशाली १० संस्था अन्तर्गत पर्ने आईसानामा पहिलो पटक नेपाली मूलबाट बन्जाराले सचिवको रुपमा नेतृत्व गर्ने अवसर पाएका हुन् ।

गोरखा घर भई हाल अष्ट्रेलिया बस्दै आएका उनको अन्तराष्ट्रिय विद्यार्थीहरुको हकहितमा गर्दै आएको कामको मूल्यांकन गरी संस्थाले सर्वसम्मत रुपमै सचिवमा चयन गरिएको हो । यसअघि सचिव पदमा निर्वाचन हुने भनिएपनि उनका प्रतिद्वन्द्वीले उनको योग्यतालाई सम्मान गर्दै उम्मेद्वारी फिर्ता लिएसँगै उनी सचिवमा निर्विरोध भएका हुन् ।

न्यू साउथ वेल्स र राजधानी अष्ट्रेलियन क्यापिटल टेरीटोरी (एसीटी) हेर्ने जिम्मा पाएका उनले अन्तर्राष्ट्रिय विद्यार्थीहरू र शिक्षा क्षेत्रको विकासको निम्ती काम गर्ने भएका छन् । गोर्खाको शहीदलखन गाउँपालिका ९ नाम्जुङ घर भएका उनी अष्ट्रेलियामा यूनिभर्सल थट कन्सल्टका प्रबन्ध निर्देशक समेत हुन् ।

यहाँ रहेका अन्तराष्ट्रिय विद्यार्थीहरुको मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम लगायतको क्षेत्रमा काम गर्दै आएका उनले जागिर नै छोडेर यूनिभर्सल थट कन्सल्ट सन्चालनमा ल्याएका थिए । २०१९ देखि उनले चलाएको उक्त कन्सल्टले पैसा भन्दा पनि बढी विद्यार्थीहरुको मानसिक स्वास्थ्य ठीक बनाउनको निम्ती मिहेनत गर्दै आएको छ ।

आईसानाको सचिवनमा निर्विरोध चयन भएपछि उनले यसले आफूलाई अझै जिम्मेवार बोध बनाएको बताए । अष्ट्रेलिया र न्यूजिल्याण्डमा भएका शिक्षागत संस्था तथा अन्तरािष्ट्रय विद्यार्थीहरको हकहितको निम्ती मिहेनत गर्ने बताउँदै उनले विद्यार्थीहरुको हकअधिकारको निम्ती शसक्त रुपमा वकालत गर्ने बताए ।

आईसानामा पूग्ने पहिलो नेपाली भएकोमा गर्वको महसुस भएको भन्दै उनले अब नेपाल र नेपालीहरुको प्रचारको निम्ती पनि आफूले यस जिम्मेवारीलाई कुशलतापूर्व बहन गर्ने बताए । दुई बर्ष कार्यकाल रहने उक्त संस्थामा उनले २०२३ सम्म सचिवको रुपमा नेतृत्व गरी विभिन्न इभेन्टहरु सञ्चालन गर्नेछन् । हाल उनी अष्ट्रेलियाको स्वास्थ्य क्षेत्रमा समेत आवद्ध छन् । उनको यूनिभर्सल थट कन्सल्टको साथमा आईटी कम्पनी छ, इभेन्ट, क्लिनीँग कम्पनीहरुमा समेत उनी आवद्ध छन् ।

यहाँ आउने विद्यार्थीको सवालमा मानसिक स्वास्थ्य, आत्महत्या रोकथाम लगायतका विषयमा उनले काम गरेर, विद्यार्थीहरुको समस्या बुझेर कसरी सेवा गर्ने भन्ने मुताविक २०१९ मा कम्पनी दर्ता गरेका थिए । बन्जारा गोर्खा समाजको एक कार्यकाल सचिवको रुपमा समेत भूमिका निभएका थिए ।

‘आईसाना’को अध्यक्षमा सेन्ट्रल क्विन्जल्याण्ड युनिभर्सिटीमा कार्यरत युरोपियन मूलकी एनेट काल्काजिन्स्का निर्वाचित भएकी छन् ।