लन्डन – गैर आवासीय नेपाली संघ युकेको नया कार्य समितीलाई पुरानो कार्य समितीले तिन करोड रुपैया सहित बुझबुझारथ गरियो भनि गरिएको प्रचार प्रसार झुटो भएको थाहा भएको छ । गैर आवासीय नेपाली संघ युकेले एक विज्ञप्ति मार्फत २३ अक्टोबरमा भएको निर्णय अनुसार हेन्डओभर नभएकोमा चिन्ता ब्यक्त गरेको छ ।
संघद्वारा आइतबार प्रकाशित विज्ञप्तिमा बैक खाताहरु र नगद मौज्दात पूर्णरुपमा हस्तान्तरण नभएको र कुनै पनि विलभरपाई लगायतका कागजातहरु नवुझाईएको र २३ अक्टोबरमा भएको निर्णयको पालना नभएको बताइएको छ ।
२३ अक्टोबरमा नयां र पुरानो कार्य समितिको हस्तान्तरण बैठकमा एचएसविसी वेलफेयर बैक तुरुन्त हस्तान्तरण गर्ने, अन्य बैकहरु र नगद समेत छिट्टै हस्तान्तरण गरी पुर्ण रुपमा बुझबुझारथ गर्ने र आजसम्म नवुझाइएका कागजातहरु समेत छिट्टै बुझाउने भन्ने सहमति भएको थियो ।

तर निर्णय अनुसार बुझबुझारथ नगरी उल्टै करिव २ लाख ११ हजार पाउण्ड हस्तान्तरण गरिएको भनेर प्रचार प्रसार गरिएकोमा संघले आश्चर्य प्रकट गरेको छ । निवर्तमान कार्य समितिले नयां कार्य समिति निर्वाचित भैसके पछि समेत एनआरएनए युकेको बैंक खाताबाट खर्च गरिएको तथा २०१७–१९ को कार्य समितिले बुझाएको ५३ हजार पाउण्ड समेत जस्ताको तस्तै नबुझाइएको बताइएको छ । विज्ञप्तिका अनुसार सदस्यता बापत आइसीसीलाई बुझाउनु पर्ने करिव ५९ हजार डलर समेत अहिले सम्म बुझाइएको छैन ।

निवर्तमान कार्य समितिको निर्वाचन ताका भएको भनिएको अपारदर्शी खर्चका सम्बन्धमा विवाद भै बेलायतको अदालतमा मुद्दा चलिरहेको अवस्थामा उक्त समयावधिको कुनै पनि कागजात र निवर्तमान कार्य समितिको कार्यकालमा गरेको भनिएका खर्चहरु सम्वन्धि कुनै पनि विल भरपाई हालसम्म हस्तान्तरण नभएको पनि गैर आवासीय नेपाली संघ युकेले जनाएको छ ।
यस्तो छ २३ अक्टोबरको निर्णय









