सिड्नी । कोभिड महामारीको कारण प्रभावित बनेका व्यवसायीहरुलाई अष्ट्रेलिया सरकारले दिइरहेको डिजास्टर पेमेन्ट बन्द गरिने भएको छ ।
सरकारले यतिबेला कोभिडविरुद्धको खोप अभियान तिव्र गतिमा चलाइरहेको सरकारले अब खोप लगाउनेहरुको संख्या बढ्न थालेसँगै पेमेन्ट घटाउँदै लैजाने निती लिएको हो ।
८० प्रतिशत नागरिकहरुले खोप लगाएको अवस्थामा पूर्ण रुपमा डिजास्टर पेमेन्ट रोकिने भएको छ ।
संघीय अर्थमन्त्री जोस फेइडनबर्गले ८० प्रतिशत मानिसहरुले खोप लगाएपछि सरकारले दिने अनुदान राकिने बताएका हुन् ।
हप्तामा २० घण्टा भन्दा बढी अवधिको रोजगारी गुमाएकाहरुलाई सरकारले ७५० डलर दिदै आएको थियो । अब भने प्रतिबन्धहरु पनि हटाउँदै जाने र रकम पनि हटाउने अभियान स्वरुप ८ घण्टा बढी रोजगारी गुमाएकाहरुलाई पहिलो हप्ता ४५० डलर दिइनेछ ।
यद्यपि सरकारले चाल्न थालेको यस कदमको विरोध पनि हुँदै आएको छ । हाल सरकारले कोभिड कोभिडविरुद्धको खोप लगाउने अभियानलाई तिव्र दिएको छ ।






