अध्यक्षमा नन्द गुरुङसहित एनआरएनए अष्ट्रेलियाको यस्तो बन्यो नयाँ कार्यसमिति

तक्दीर अधिकारी

सिड्नी । गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा नन्द गुरुङ विजयी भएका छन् ।

शनिवार अनलाइन मतदान मार्फत भएको निर्वाचनमा उनले ८५८६ मतका साथ जित हासिल गरेका हुन् । उनले आफ्ना प्रतिस्पर्धी डा। ज्ञानेन्द्र रेग्मीलाई करिब दोब्बर मतले पछि पारेका हुन् । डा. रेग्मीले ४८७९ मत प्राप्त गरे ।

अष्ट्रेलियाको नेपाली समुदायमा चर्चाको शिखरमा रहने गुरुङ २०१७१७–१९ न्यू साउथ वेल्स राज्य समिति संयोजक र २०१९ – २१ एनआरएनए अष्ट्रेलियाको प्रबक्त्ता रहेका थिए ।

महासचिव पदमा सिड्नीका अच्युत शर्मालाई पराजित गर्दै क्यानबेराका राजु बाबु अधिकारी विजयी भए ।

सचिव पदमा सन्ध्या शाह, कोषाध्यक्षमा भने बाबुराम गौतमले उम्मेदवारी फिर्ता लिएपछि अनिल पोखरेल निर्विरोध निर्वाचित भए ।

सह कोषाध्यक्षमा राजकुमार नगरकोटी, युवा संयोजकमा बबिन मिश्रले जित हात पारे । सह–युवा संयोजकमा चन्द्र तिवारी यसअघि नै निर्विरोध भएका थिए ।

यसैगरी एनसीसी सदस्यहरुमा राजु गिरी, अशोक उप्रेती, रामजी बस्नेत, दामोदर अधिकारी, बिशाल पोखरेल, कृष्ण सुवेदी, कमल भण्डारी, महेश भट्टराई, विवेक क्षेत्री, रमेश अधिकारी, ध्रुब पोखरेल र अनुप थापा निर्वाचित भए ।

त्यस्तै आइसिसी सदस्यहरुमा क्रमश बुद्धि डल्लाकोटी, पर्शुराम अधिकारी, प्रज्वल भट्टराई, राजेश बुढाथोकी, प्रेमप्रसाद कँडेल, सूर्य आचार्य, प्रवेशराज घिमिरे, नविन भण्डारी विजयी भएका छन् ।

एनआरएएन भगिनी संस्था नारी निकुञ्ज संयोजकमा मञ्जु खड्का निर्वाचित भइन् । यस्तै न्यु साउथवेल्सको संयोजकमा देववहादुर गुरूङले दोस्रो कार्यकाल पनि विजयी भए ।

क्वीन्सल्याण्ड संयोजकमा विनोदभक्त आचार्य, तास्मानिया संयोजकमा राकेश शाक्य, भिक्टोरिया संयोजकमा हरि खड्का, वेष्टर्न अस्ट्रेलियामा दीपक बस्नेत् निर्वाचित भएका छन् ।

१५ हजार २९८ मतदाता रहेको अष्ट्रेलियामा तोकिएको समयभित्र १४ हजार १ सय ९७ मत खसेको थियो ।

बिहान ७ देखि बेलुका ७ बजेसम्म अनलाईनबाट मतदान गर्न पाइने व्यवस्था गरिएको थियो । क्विन्सल्याण्ड, नर्दन टेरीछोरी र वेस्टर्न अष्ट्रेदिलयामा भने केही प्राविधिक त्रुटीको कारण मतदान केही ढिला शुरू भएको थियो ।

क्विन्सल्याण्डमा समय बढाएर ९ बजेसम्म, नर्दन टेरिटोरीमा साँढे ८ बजेसम्म मतदान गर्न पाइने व्यवस्था भएको थियो ।