बेलायती विदेशमन्त्री लन्डनस्थित नेपाली दूतावासमा :

शिब भण्डारी,

लन्डन ।IMG_1659-700x467[1]

बेलायती विदेशमन्त्री फिलिप ह्यामण्ड मंगलबार लन्डनस्थित नेपाली दूतावास उपस्थित भएको कार्यवाहक राजदूत तेजबहादुर छेत्रीले जनाउनुभयो ्र उनले नेपाली दूतावासको शोक पुस्तिकामा हस्ताक्षर गर्दै बेलायती जनताको तर्फबाट समवेदना समेत प्रकट गर्दै ज्यान गुमाएकाप्रति मेरो हार्दिक समवेदना र भूकम्प प्रभावितहरुमा मेरो प्रार्थना ।’बेलायती विदेशमन्त्री फिलिप ह्यामण्डले नेपालमा गएको प्रलयकारी भूकम्पका विषयमा चिन्ता व्यक्त गरे ।  बेलायत सरकारले नेपालमा गएको भूकम्प पीडितका लागि नगद, राहत सामाग्री तथा उद्धारका क्रममा सैन्य सहयोग गरेको छ । यसबाहेक बेलायती जनताहरुले स्वतस्र्फूत रुपमा भूकम्प पीडितका लागि सहयोग रकम संकलन गरिरहेका छन् । अभिनेत्री जोन्ना लुम्ले, फुटबलर डेभिड बेकह्याम तथा वायनी रुनी लगायतका सेलिब्रेटीहरुले सहयोगका लागि अपिल गरेका छन् ्रयसअघि बेलायति राजकुमार विलियम आफ्नी पत्नी केटले छोरी जन्माउनुअघि लण्डनस्थित नेपाली दूतावासमा उपस्थित भएका थिए । उनले नेपालमा गएको प्रलयकारी भूकम्पका विषयमा चिन्ता व्यक्त गरेका थिए ,

बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनले शनिवार गएको शक्तिशाली महाभूकम्पपछि नेपालमा मानवीय सहयोग गर्ने उद्घोष गरेका थिए । प्रधानमन्त्री क्यामरुनले सामाजिक सञ्जाल फेसबुकमार्फत विपत्तिप्रति दुःख व्यक्त गर्दै आघात पुग्ने खालको उक्त विपत्तिमा बेलायतले ५ मिलियन पाउण्ड अर्थात करिब ८५ करोड रुपैयां सहयोग घोषणा गरेको छ भने बेलायती जनताले पनि यसमा ठूलो उदारता देखाएका छन् ्र

नेपालका भुकम्प पीडितका लागि अभिनेत्री जोअना लुम्लेले अभियान गरेको राहत संकलनमा ३३ मिलियन पौंड ९रु।५ अर्ब ८ करोड २० लाख० संकलन भएको छ । सो अभियानलाई बेलायतकी महारानी र युवराज चार्ल्सले समेत समर्थन गरेका छन् । डिइसीमा शुरुमा उठेको उठेको करिब ९० लाख रुपियाँ बराबरको रकम बेलायती सरकारले थपिदिएको थियो । ‘नेपाल अर्थक्वेक अपील’ नाम दिइएको सो अभियानबाट स‌ंकलित सहयोगबाट भुकम्पबाट प्रभावित भएका नेपालीहरुलाई खर्च गरिने बताइएको छ ।