काठमाडौं– मुटुमा समस्या आएपछि पूर्व राजा ज्ञानेन्द्र शाह बुधबार बिहान नर्भिक अस्पतालमा भर्ना भएका छन् ।
नियमित चेकजाँचका क्रममा मुटुको धमनीमा केही अवरोध देखिएपछि उनलाई भर्ना गरिएको पारिवारिक स्रोतले जनाएको छ ।
शाहको बुधबरा नै एनजीओग्राफी गरिएको छ । आवश्यक परे एनजीओप्लाष्टी गर्ने तयारी छ ।






