लन्डन,तीन खेल अगावै इङ्ग्लिस प्रिमियर लिग च्याम्पियन बनेको चेल्सीले नेपालका भुकम्प पीडितहरुको सहायताकालागि राहत कोष बनाउने भएको छ । क्लबको आधिकारिक वेभसाईटका अनुसार चेल्सी फाउण्डेशनले नेपालले बेहोरिरहेको दुःखद अवस्थामा भुकम्प पीडितहरुलाई सहायताकालागि कोष खडा गर्न लागेको हो । क्लबको यु २१ टोलीको आगामी खेलबाट कोषकालागि रकम संकलन गर्न थालिने पनि क्लबले जनाएको छ । जम्मा भएको रकम नेपालका भुकम्प पीडितहरुलाई वितरण गरिने छ । चेल्सीको यु २१ टोलीले आगामी विहिबार अल्डरसटमा लिभरपुलको यु २१ टोलीसँग खेल्दै छ । उक्त खेलको टिकट मुल्य ३ सय पाण्ड राखिएको छ भने बालबालिकालाई भने १ पाउण्ड टिकट लाग्ने छ । अल्डरसटमा धेरै नेपालीहरुको पनि बसोबास छ ।
भुकम्प पीडितहरुलाई सहयोग गर्न कोष खडा गर्ने ईग्लिस क्लब चेल्सीको निर्णय:







