लण्डनमा साहसी १३ वीर गोर्खालीको सम्झनामा खेलियो १० औं भिसी कप

लन्डन । लण्डनको फेल्थाम स्थित कम्युनिटी कलेजको फुटवल मैदानमा गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लोले १० औं भिसी कप गत आइतबार भब्य रुपले सम्पन्न गरेको छ
कार्यक्रममा भिक्टोरिया क्रसले विभूषित १३ जना वीर गोर्खालीको सम्झना गरी सम्मान गरियो । गोर्खालीका समाज बेलायतभरि थुप्रै रहेता पनि अदम्य साहसी वीर गोर्खालीको सम्झनास्वरूप भिसी कपसहित भिसी विजेतालाई सम्झना गर्ने संस्था गोर्खा नेप्लिज कम्युनिटी लन्डन वरो अफ हन्स्लो एक मात्र हो ।
नेपाली परिकारसहित खानाको टेन्ट रहेको यस भेलामा विभिन्न जानकारीका लागि टेन्ट पनि राखिएको थियो । बेलायतको सबैभन्दा ठूलो च्यारिटी साफाका बारेमा काउन्सिलर विष्णु गुरुङ र बम थापा (सूर्यवङ्शी) द्वारा जानकारी टेन्ट, ए स्टारका मीन दर्लामी र किशोर रानाले मोर्गेजबारे जानकारी दिनका लागि टेन्ट राखिएको थियो भने सारु इमेजका प्रोप्राइटर भीम सारूद्वारा कस्टम प्रिन्टसहित विभिन्न आर्मीका समान राखिएको थियो ।
कार्यक्रममा प्रमुख अतिथि बेलायतका लागि नेपाली राजदूत डा. दुर्गाबहादुर सुवेदी, विशेष अतिथिमा एमपी सीमा मलहोत्रा, उपमेयर रघुविन्दर सिधु, काउन्सिलर विष्णु गुरुङ, काउन्सिलर हानी खान, काउन्सिलर हिना मिर, एनआरए यूके उपाध्यक्ष प्रेम गाहा मगर,गोर्खाली आर्मीमा उच्च पदमा पुग्नुभएका लेफ्टेनेन्ट कर्नेल याम राना, लेफ्टेनेन्ट कर्नेल टोल खाम्चालगायत थुप्रै गोर्खा अफिसरको उपस्थिति थियो । भिसी गजे घलेका सुपुत्र डम्मर घले र भिसी तुलबहादुर पुनकी सुपुत्री माया पुनको कार्यक्रममा विशेष उपस्थिति थियो ।
रोयल ब्रिटिश लिजनसहित क्याडेट फोर्सले मार्च गरेको परेडमा जोन वेदर्सले परेड कमाण्डर गरेका थिए भने डिपुटी लेफ्टेनेन्ट लण्डन वरो अफ हन्स्लोले जनरल सलुट लिएको थियो । संस्थाका अध्यक्ष डोल मल्लको अध्यक्षतामा गरिएको यस कार्यक्रमका संयोजक संस्थाका खेलकुद सचिव लाल रोकाले गरेका थिए । संस्थाका महासचिव देवकुमार राईले सञ्चालन गरेको कार्यक्रममा संस्थाका सचिव बम थापा (सूर्यवङ्शी) ले मेमोरियल परेड सञ्चालन गरेका थिए ।
संस्थाका सल्लाहकार पोमु लिम्बूको संयोजकत्वमा ताइक्वान्डो शो राखिएको थियो । अति नै मनमोहक स्थानीय नेपाली कलाकारको नृत्यसहित पाइपर र धौलागिरी नौमती बाजा भएको यो कार्यक्रममा ठूलो संख्यामा नेपालीहरूको सहभागिता रहेको थियो । फुटबल अन्डर–१६, भेटरान र मेन टिम गरी ३ प्रकारका टिम खेलकुद सचिव लाल रोकाको संयोजकत्वमा गरिएको थियो । अन्डर–१६ को उपविजेता १९७ फेल्थाम भएको छ भने एफसी केन्ट विजय भएका छन् । त्यस्तै गरी भेटेरनका डिएफसी उपविजेता र इलाम एफसी विजेता भएको छ । भेटेरनका धेरै गोल गरेर टप स्कोरको उपाधि बीबीसीका मिलन राईले पाए भने म्यान अफ दि म्याच डिएफसीका प्रेम लिम्बुले जिते ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *