सिड्नी । अष्ट्रेलियामा कर्मथलो बनाइ विभिन्न संस्थाहरुमा नेतृत्व गरेका भेट्रान नेपालीहरुले नयाँ संघ नेप्लिज कम्युनिटिज एक्स प्रसिडेन्ट एसेम्ब्ली अफ अष्ट्रेलिया गठन गरेका छन् ।
जसको संयोजकमा नेप्लिज हिन्दु सोसाइटी अष्ट्रेलियाका पूर्वअध्यक्ष सूर्य गौतम, महासचिबमा गोर्खा समाज अष्ट्रेलियाका पूर्व अध्यक्ष ध्रुव पोखरेल चयन भएका छन् । त्यस्तै पब्लिक अफिसर र कोषाध्यक्षमा धादिङ समाजका अर्जुन केसी तथा सदस्यहरुमा चितवन समाजका छबि सापकोटा, तनहुँ समाजका पिआर अधिकारी, एडमोन्डसन पार्क एन्ड बर्दिया नेप्लिज कमयुनिटिका विष्णु खत्री र विष्णु ग्रीमियर, बाग्लुङ कम्युनिटीका हीरा कंडेल, अवर्न नेप्लिज कम्युनिटिका अशोक उप्रेती, नर्दन बिच नेप्लिज कम्युनिटिका विकेश केसी,झापाली समाज अष्ट्रेलियाका पूर्व अध्यक्ष दिपक चुडाल रहेका छन् ।
त्यस्तै सल्लाहाकार समितिसमा गोर्खा नेप्लिज कम्युनिटिका डा. नारायण प्रधान, एनआरएन अष्ट्रेलियाका मना केसी, एनआरएनए अष्ट्रेलियाका गोआ कटवाल, साउथ एसियन कल्चरल डाइभर्स कम्युनिटीका नगेन्द्र अधिकारी, नेप्लिज रिक्रेसनल क्लबका विष्णु हमाल, कला तथा साहित्य प्रतिष्ठकानका जानकी पौडेल, इन्जिनियर्स एसोसियसनका भूपेन्द्र केसी, नेप्लिज एसोसियसन अफ अष्ट्रेलिया, एनएए गुठी अष्ट्रेलिया पदम शाक्य, र चितवन समाज अष्ट्रेलिाका बुद्धि डलाकोटी रहेका छन् ।

विभिन्न सामाजिक संघ सस्थाको नेतृत्व गरीसकेका विभिन्न नेपाली संस्थाका अग्रज, सामाजिक अभियन्ता तथा पूर्व संस्थापकहरूको अनुभव र नेट्वर्कलाई एकबद्ध गर्ने गरी नेप्लिज कम्युनिटिज एक्स प्रसिडेन्ट एसेम्ब्ली अफ अष्ट्रेलिया गठन गरिएको हो । उक्त कार्यक्रममा एकआरएनए आईसीसी उपाध्यक्ष मना केसि, ईन्जिनियर्स नेपालका भुपेन्द्र केसि, चितवन समाजका बुद्धि डल्लाकोटी, नेपाली अगुवा डिल्ली ढकाल, झापाली समाजका दिपक चुडाल, एडमनपर्क बर्दिया कम्युनिटिका विष्णु केसी, एडमन्सन बर्दिय कमिटिका विष्णु घिमिरे, साउथवेस्ट स्पोर्ट्स क्लबका वसन्त ढकाल, राइनो क्लब ग्रानभाइलका भिम बस्नेत, तनहुँ समाजका पि आर अधिकारी, लुमी नेपाली कम्युनिटिका प्रकाश हुमागाई, एड्मन्डसन पार्क बर्दिया नेप्लीज कम्युनिटिका दिपेश शिलवाल, , एडमन्डसम बर्दिया नेप्लीज कम्युनिटिका रविन न्यौपाने, एनआरएनए आईसीसी महिला संयोजक जानकी रिमाल, फेडरल लिबरल उम्मेद्वार पिजे श्रेष्ठ, लिबरल फ्रेन्ड अफ नेपालका श्री नपित, गोर्खा समाजक त्रिलोचन पोख्रेल, कल्चरल डाइभर्सिटि नेटवर्कका नगेन्द्र अधिकारी, गोर्खा समाजका ध्रुव पोख्रेललगायतले बोलेका थिए ।
नेपालीहरूको समाजिक संघ संस्थाहरुका अनुभव यस नेट्वर्कमा साटासाटा गरी नेपाली समुदायका संघ संस्था बीच भाईचारा र नेट्वर्कलाई अझं सुदृढिकरण गर्ने उद्धेश्यसहित उक्त संघ गठन गरिएको संयोजक सूर्य प्रसाद गौतमले बताए ।
शनिवार जुम मार्फत गरिएको बैठकमा ५० जना सहभागि भएका थिए । उक्त बैठकले केही समयपछि भौतिक रुपमा भेला गरेर संस्थालाई नयाँ ढंगले अघि बढाइने संयोजक गौतमले बताए । कार्यक्रमको सञ्चालन महासचिब ध्रुव पोखरेलले गरेका थिए ।






