उपचार खर्च जुटाउन नसक्दा इलाम दानाबारी–९ सधुवाकी २६ वर्षीया अम्बिका गिरीलाई परिवारले खोरमा थुनेर राखेका छन् । मानसिक रोगले ग्रसित उनलाई परिवारले चार वर्षदेखि खोरमा थुनेर राखेका हुन् । खोरमा नराख्दा अश्लील शब्द बोल्ने र कपडासमेत फुकालेर हिँड्ने गरेपछि खोरमै राख्न बाध्य भएको परिवारजनले बताएका छन् । उनी रातभरि रुने, कराउने र अश्लील बोल्ने गर्छिन् । उनलाई अभिभावकले खानेकुरासमेत झ्यालबाट राखिदिन्छन् । “चिसो भुर्इंमा गुन्द्री ओढेर नै सुत्छिन्, लुगा दियो भने सबै च्यातेर फाल्छिन्,” उनकी आमा देउरूपा भन्नुहुन्छ ।
स्नातक दोस्रो वर्षमा अध्ययनरत अम्बिकाले चार वर्षअघि असामान्य व्यवहार देखाउन थालिन् । सुरुमा टोलाउने, नबोल्ने हुँदाहुँदै हाँस्ने र रुने गर्न थालेपछि आफूहरू छक्क परेको देउरूपाले सुनाउनुभयो । रोग त पत्ता लगाइए पनि उपचार गर्ने खर्च नभएर आजसम्म खोरमै राख्नुपरेको देउरूपाले बताउनुभयो ।
उनको भारतको सिक्किममा सामान्य उपचार गरिएको थियो । त्यसपछि औषधिले केही सुधार भएपनि थप उपचारका लागि खर्च जुटाउन नसेको दुखेसो आमा देउरूपाले पोख्नुभयो । अम्बिकालाई घरनजिकै खोर बनाएर राखिएको छ ।
आफ्नै जग्गा जमिन नभएका गिरी परिवारलाई १० महिना किनेर खानुपर्ने बाध्यता छ । सम्पत्तिका नाममा एउटा घरमात्रै भएका गिरी परिवारलाई हातमुख जोर्ने समस्या छ । आठजनाको गिरी परिवारमा पढेलेखेकी उनै थिइन् । अम्बिकाका बुबा र दाजुको मानसिक रोगकै कारण निधन भएको देउरूपाले बताउनुभयो ।
आर्थिक अभावमा चार वर्षदेखि खोरमा






