अग्निपीडितका लागि अस्ट्रेलियामा सहयोग अभियान

सिड्नी । गत बैशाख २६ गते उदयपुर चौदण्डीगढी नगरपालिकामा बिहान विद्युत सर्ट भइ कविता राईको घरबाट सुरु भएको आगलागीमा पाँचवटा घर जलेर नष्ट भएको छ । दैनिक मजदुरी गरेर जीविकोपार्जन गर्ने उनीहरुको सहयोगका लागि अस्ट्रेलियाको गस्फोडमा बसोबास गर्ने बेद खड्काले अपिल गरेका छन् ।

आगोलागीमा परेर सम्पूर्ण धनमाल नष्ट भएको र उक्त घरमा वृद्धा र बालबालिका मात्र रहेको जानकारी प्राप्त भएकाले उनीहरुलाई सहयोग जुटाउन पीडितको नेपालमा छिमेकीसमेत रहेका खड्काले अभियान सञ्चालन गरेका हुन् ।

कोरानाको महामारीले दिएको पीडामाथि आगलागीले घरबहारविहीन बनाएका अग्निपीडितका लागि अस्ट्रेलियामा बसोबास गर्ने नेपाली समुदायसँग सहयोगको अभियान थालिएको हो । यो अभियान्ता विनर सर्कलको माध्यमबाट फन्ट रेज गरेर ती पीडितसमक्ष पु¥याउने अभियान सञ्चालन गरिएको छ ।

यो दुखको अवस्थामा केही सहयोग गरौं भन्ने उद्देश्यले राहत संकलन गरिएको हो । ‘विनर सर्कलको माध्यमबाट केही सहयोग जुटाउने उद्देश्यले अभियान चलाइएको छ । तपाईंहरुले जति दान गर्नुभएको छ, त्यो पीडितको हातमा पु-याउने बाचा अभियान्ताले गरेका छन् ।

पाँचवटा घरमा आगो लाग्दा सात परिवार समस्यामा परेका छन् । उनीहरुको परिवार दैनिकी ज्याला मजदुरी गरी जिबिकोपार्जन गर्छन् । देश बिदेश रहेको विभिन्न संघसंस्था र व्यक्तिगत सहयोगले उनीहरुको जीवन पूर्णरुपमा फर्काउन सकिँदैन, तर केही राहत भने पु¥याउन सकिने अभियान्ता खड्काले अपिलमा उल्लेख गरेका छन् ।

https://m.facebook.com/nt/screen/?params=%7B%22fundraiser_campaign_id%22%3A2894939494087728%2C%22source%22%3A%22messenger%22%7D&path=%2Ffundraiser%2F&_rdr