लण्डन । नेपाल पत्रकार महासंघ युके शाखाको पाँचौ अधिवेशन भर्चुअलरुपमा १३ जुनमा हुने भएको छ ।
शाखाका अध्यक्ष नरेश खपाङ्गीमगरको अध्यक्षतामा आइतबार बसेको कार्यसमितिको भर्चुअल बैठकले पाँचौ अधिवेशनको मिति तय गरेको हो । बैठकले अधिवेसनमार्फत नयाँ नेतृत्व चयनका लागि निर्वाचन समिति पनि गठन गरेको छ । रमेश साराङकोटीको संयोजकत्वमा गठित निर्वाचन समितिमा शाखाका संस्थापक अध्यक्ष नविन पोखरेल, पूर्व अध्यक्ष चिरन शर्मा, सल्लाहकार संगीता मरहट्ठा र पूर्व सल्लाहकार केशव भण्डारी सदस्य रहेका छन् भने सोलिसिटर दीपक भट्टराई निर्वाचन समितिको कानुनी सल्लाहकार चयन भएका छन् ।
बैठकले शाखाको नयाँ सदस्यमा ४३ जनाको नाम सर्वसम्मतले टुङ्गो लगाएको छ भने सदस्यता नविकरणका लागि शुल्क ३० पाउण्ड तोक्ने र सो शुल्क मे २३ तारिखसम्ममा आइपुग्नु पर्ने निर्णय गरिएको छ । यसअघि बैठकमा शाखाले गठन गरेको सदस्यता शुद्धिकरण समितिका संयोजक सल्लाहकार भगिरथ योगीले समितिको प्रतिवेदन पेश गरेका थिए भने बैठकले समितिलाई कार्य सम्पन्न गरेकोमा धन्यवाद ज्ञापन गरेको थियो ।
अधिवेसन आयोजनाका लागि उपाध्यक्ष विमला सेनेलाई व्यवस्थापन समितिको संयोजक तोकिएको छ भने सांगठानिक प्रतिवेदन तयारीका लागि महासचिव सन्जयभक्त कँडेल र आर्थिक प्रतिवेदन तयारीमा अध्यक्ष खपाङ्गीमगरलाई जिम्मा दिइएको छ ।
त्यस्तै, कार्यसमितिको संख्यालाई परिमार्जन गर्दै बैठकले १५ मा घटाएको छ । जसमा अध्यक्ष-१, वरिष्ठ उपाध्यक्ष-१, उपाध्यक्ष-२ (एक समावेशी), महासचिव-१, सचिव-२, कोषाध्यक्ष-१, सहकोषाध्यक्ष-१ र सदस्यहरु ६ जना रहनेछन् ।
बैठकले शाखाले स्थापना गरेको ‘नेपाल पत्रकार महासंघ वर्ष पत्रकारिता पुरस्कार’ को नियमावली पारित गरेको छ । नियमावली निर्माण समितिका संयोजक डा. जगन कार्कीले तयार पार्नुभएको सो नियमावली छलफलपश्चात पारित गरिएको थियो भने सन् २०२०का लागि सो पत्रकारिता पुरस्कार दिनका लागि छनौट समिति गठन गरिएको छ । डा. कृष्ण अधिकारीको संयोजकत्वमा गठित समितिमा डा. प्रियंवदा पौड्याल, शाखाका अध्यक्ष खपाङ्गी मगर र सचिव डा. जगन कार्की सदस्य रहेका छन् ।
शाखाले हरेक अधिवेशनमा अग्रज पत्रकारहरुलाई सम्मान गर्ने गरेकोमा यसपटक अग्रज पत्रकारहरु सुमन खरेल, चिरन्जीवी पौड्याल, सुरेशजंग शाह, विजय थापा र भगीरथ योगीलाई सम्मान गर्ने निर्णय गरेको छ ।
शाखाको नयाँ सदस्यमा ४३ जना
१ भगिरथ योगी
२ नवीन पोखरेल
३ चिरन शर्मा
४ नरेश खपांगीमगर
५ श्याम लुइंटेल
६ ध्रुवराज अर्याल
७ विमला सेने
८ सञ्जय कंडेल
९ नरेन्द्र बस्नेत
१० शिव भण्डारी
११ डा. जगन कार्की
१२ पूर्ण गुरुङ
१३ खेमराज रानाभाट
१४ नरेन्द्र राज नेम्वाङ
१५ विपिन निरौला
१६ प्रमिला लावुङ राई
१७ मिलन तमु
१८ दूत पुन
१९ एभरेष्ट गौतम
२० बाचस्पति रेग्मी
२१ शिव तिवारी
२२ सर्विन्द्र कुमार गुरुङ
२३ जयराम तामाङ
२४ लिलामान शेरपुन्जा
२५ गोमा राना
२६ कुशल श्रेष्ठ
२७ सोनाम छिरिङ शेर्पा
२८ मिलन शर्मा
२९ बमबहादुर थापा सूर्यवंशी
३० जमुना पुन
३१ सीता थापा
३२ पुष्पा गुरुङ
३३ दिनेश परियार
३४ फडिन्द्र भट्टराई
३५ विश्वासदीप तिगेला
३६ नरेश काङमाङ
३७ मञ्जु भण्डारी
३८ जीवन सेन
३९ सुरेन्द्र इङ्नाम
४० विकलचन्द्र आचार्य
४१ नारायण गाउँले
४२ प्रजय शुक्ल
४३ किरण राई (अन्य शाखाबाट स्थानान्तरण)
महासचिव सन्जयभक्त कँडेलले सन्चालन गरेको बैठकमा वरिष्ठ उपाध्यक्ष श्याम लुइँटेलले स्वागत गरेका थिए । बैठकमा शाखाका २२ सदस्यहरुमध्ये २० जना सदस्यहरु तथा सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।






