लण्डन । बेलायती कोरोना भाइरस संक्रमणको नयाँ भेरिएन्टले जोखिम उत्पन्न नगर्ने एक अध्ययनले देखाएको छ।
मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित अध्ययनका अनुसार यो स्ट्रेनलाई बी.१.१.७ भनिन्छ र यो सन् २०२० को अन्त्यतिर पहिचान गरिएको थियो।
युनाइटेड स्टेट्स सेन्टर्स फर डिजीज कन्ट्रोल यान्ड प्रिभेन्सनका अनुसार अमेरिकामा यो स्ट्रेन बढी पाइएको छ।
भर्ना भएका ४९६ जना कोरोना संक्रमितलाई छानिएको थियो। बी.१.१.७ भेरिएन्ट भएका संक्रमित र अन्य भेरिएन्ट भएका संक्रमितको तुलना गरिएको थियो। यी भेरिएन्टहरूमा संक्रमित, मृत्यु वा अन्य परिणामको जोखिममा कुनै भिन्नता नपाइएको अनुसन्धाताहरूले बताएका छन्।
‘हाम्रो आँकडा वास्तविक जीवनको अध्ययनको सन्दर्भ र सीमिततामा रहेर निकालिएको हो। यसले बी.१.१.७ भएका र नभएका संक्रमितबीचको कठोरतामा भिन्नता नदेखिएको देखाएको छ,’अनुसन्धाताहरूले भनेका छन्।






