लण्डन । लण्डनबाट प्रकाशन हुने ट्राभल हिमालय म्यागजिनको २० औं वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको छ । काठमाडौं लाजिम्पाट स्थित सांग्रीला होटलमा एक समारोहकाबीच वार्षिकोत्सव भब्य रुपमा सम्पन्न भएको हो । कार्यक्रममा ट्राभल हिमालय म्यागेजिनको २० औं वर्षको १ सय ३४ औं संस्करणको बिमोचन गरिएको हो ।
कार्यक्रम आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले कार्यक्रम भब्य रुपमा सम्पन्न भएकोमा खुसी ब्यक्त गर्नुभयो । लन्डन नेपाल न्यूज डटकमका शिव भण्डारीसँग कुराकानी गर्दै वार्षिकोत्सव कार्यक्रम भब्य र सम्य रुपमा सम्पन्न भएको प्रतिक्रिया दिनुभयो । 
नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले पावर पॉइंट मार्फत कार्यपत्र प्रस्तुत गरेका थिए ।
कार्यक्रममा परराष्ट्र मन्त्री प्रदिप ज्ञवालीले उद्घाटन गर्दै पर्यटन क्षेत्रको विकास र पर्यटक आगमन वृद्धिका लागि पूर्वाधार विकासमा जोड दिन आवश्यक रहेको धारणा राखेका थिए । कार्यक्रममा मन्त्री ज्ञवाली, नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठल पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटा तथा म्यागजिनका सम्पादक प्रकासक राजाराम गिरीले संयुक्त रुपमा म्यागजिनको १३४ औं अंकको विमोचन समेत गरे ।
म्यागजिनले नेपाल,भारत, तिब्बेत, भुटान, म्यानमार, पाकिस्तान लगायतका हिमालयन रेन्जका देशहरुको पर्यटन प्रवद्र्धनका लागि अत्यन्त महत्वपूर्ण भुमिका खेलिरहेको छ ।

ट्राभल हिमालय म्यागाजिनको २० औं वार्षिकोत्सको अवसरमा आयोजित कार्यक्रममा मन्त्री ज्ञवालीले यस्तो बताएका हुन् । मन्त्री ज्ञवालीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्ययटक भित्र्याउनका लागि अन्तर्राष्ट्रिय तथा आन्तरिक विमानस्थल निर्माणमा तिब्रता दिनु पर्नेमा जोड दिए ।
साथै सरकारले आयोजना गर्न लागेको लगानी सम्मेलनमा पर्यटन क्षेत्रको विकासका लागि प्र्रयक्ष वैदेशिक लगानी भित्र्याउन सरकार र दातृ निकायका बीच राणनीतिक छलफल गरिने मन्त्री ज्ञवालीको भनाई थियो ।
नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि ठूला पूर्वाधार तथा योजनाहरुमा जोड दिँदै साना तथा अत्यावश्यक कामहरुलाई प्राथमिकतामा राख्नुपर्नेमा पर्यटन क्षेत्र आबद्ध सरोकारवालाहरुले जोड दिएका छन् । सरकारका मन्त्री, कुटनीतिक नियोगका पदाधिकारी तथा सम्बद्ध क्षेत्रका व्यक्तिहरुले भ्रमण वर्षलाई भव्यताका साथ सफल बनाउन सबै पक्षले पर्यटन क्षेत्रमा ध्यान केन्द्रित गनु्र्र पर्ने औंल्याएका हुन् ।
यस्तै पर्यटन, संस्कृति तथा नागरिक उड्डययन मन्त्रालयका सचिव मोहनकृष्ण सापकोटाले नेपाल भ्रमण वर्ष २०२० का लागि सरकारले विभिन्न कार्यक्रमहरु सञ्चालन गर्ने बताए । भ्रमण वर्षमा लक्षित कार्यक्रमहरुले पर्यटनका माध्यमबाट मुलुकको आर्थिक वृद्धि, रोजगारीको अवसर र गरिबी निवारणमा टेवा पुर्याउने सचिव सापकोटाको भनाई थियो ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अन्र्तदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तिब्रतालाई रातदूत सिंहले जोड दिए ।
नेपाल पर्यटन बोर्डका पुर्व प्रमुख कार्यकारी अधिकृत प्रचण्डमान श्रेष्ठले नेपालको पर्यटन क्षेत्रको विकासमा विश्वव्यापीकरणका लागि सूचना प्रवाह गर्न विद्युतीय माध्यमका साथै फोटो, श्रव्यदृष्य सामग्रीहरुले महत्वपुर्ण भुमिका खेल्ने बताए ।
नेपालका लागि भारतीय राजदूत मञ्जिव सिंह पुरीले अन्र्तदेशीय पर्यटकलाई प्राथमिकतामा राख्न सुझाव दिएका छन् । उनले नेपाल भारत सीमामा पर्यटन क्षेत्रलाई प्रभावकारी बनाउँदै पर्यटकीय गन्तव्यका साथै पर्यटन प्रवद्र्धनमा लाग्दा भ्रमण वर्ष सफल बनाउन सहज हुने बताए । भ्रमण वर्षलाई सफल बनाउनका लागि पूर्वाधार मात्र नभई समग्र मुलुकका पर्यटकीय गन्तव्यलाई विश्व बजारमा चिनाउने अभियानको तिब्रतालाई रातदूत सिंहले जोड दिए ।
कार्यक्रम आयोजक ट्राभल हिमालय म्यागेजिनका सम्पादक राजाराम गिरीले नेपालको पर्यटन क्षेत्र विकासको चुनौती र अवसरका बारेमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्र मार्फत गिरीले नेपाल पर्यटकीय गन्तव्यका लागि विश्वको उत्कृष्ट गन्तव्य भए पनि पर्यटकको आगमन छिमेकी मुलुकको तुलनामा न्यून भएको बताए ।
हेर्नुहोस कार्यक्रमको स्थलगत भिडियो रिपोर्ट—






