डा देवकोटाको आजै दाहसंस्कार हुने

jl/i7 Go"/f] ;h{g 8f pk]Gb| b]jsf]6fk|lt efjk"0f{ >4f~hln ck{0f ug'{ x'Fb} g]skfsf g]tf jfdb]j uf}td ;fydf dxf;lrj lji0f' kf}8]n . tl:a/ M sNkgf kf}8]n, /f;; .

काठमाडौँ- वरिष्ठ न्यूरोसर्जन डा उपेन्द्र देवकोटाको पार्थिव शरीर अहिले बाँसबारीस्थित न्यूरो अस्पतालमा राखिएको छ ।

आज बिहान ८ बजेदेखि श्रद्धाञ्जलिका लागि उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख कृष्णबहादुर महरा, पूर्वप्रधानमन्त्री बाबुराम भट्टराई, नेत्री हिसिला यमी, नेकपा नेता बामदेव गौतम, नेकपा महासचिव विष्णु पौडेल, नेत्री पम्फा भुसाल, पूर्वसभामुख सुवास नेम्वाङ, प्रदेश नं ३ का प्रदेशप्रमुख अनुराधा कोइराला, वरिष्ठ मुटुरोग विशेषज्ञ भगवान कोइराला, वरिष्ठ न्यूरोसर्जन बिएन गंगोल, न्यूरो सर्जन वसन्त पन्त, स्वास्थ्य राज्यमन्त्री पद्मा अर्याल, प्रधानसेनापति राजेन्द्र क्षत्रीलगायतले देवकोटाको पार्थिव शरीरमा माल्यार्पण गरी श्रद्धाञ्जलि व्यक्त गर्नुभयो ।

उहाँहरु सबैले राज्यले नेपालको स्वास्थ्य क्षेत्रमा अतुलनीय व्यक्तित्व गुमाएको र डा देवकोटाको अभावलाई परिपूर्ति गर्न देशलाई वर्षौँ लाग्ने प्रतिक्रिया दिनुभयो । डा देवकोटाको आजै दाहसंस्कार गरिने बताइएको छ ।