छोटो उमेरमा बलिउडमा राम्रो चर्चा कमाएकी तथा धेरै चलचित्रमा अभिनय समेत गरिसकेकी हभिनेत्री अलिया भट्ट आफ्नो नयाँ प्रोजेक्ट ‘उड्ता पंजाब’ का लागी उत्साहित छिन् । चलचित्रको सुटिङ सुरु हुन पुर्ब नै यो चलचित्रको लागी भने अर्कै कामको ट्रेनिङ गर्नुपरेकोले त्यसैमा व्यस्त छिन अहिले अलिया । त्यो हो ‘हक्की प्लेयर’ ।
चलचित्रमा हक्की खेलाडीको भुमिका आफुले निभाउन पर्ने भएपछी अलियाले अहिले पुरापुर समय हक्की खेलमा खर्चेको खबर आएको छ । खबरका अनुसार बिहान उठ्नासाथ अलिया हक्की मैदानमा उपस्थित हुन्छिन् अनि प्रशिक्षकका साथ प्राक्टिस सुरु गर्छिन् । अभिषेक चौबेको निर्देशन रहने चलचित्र ‘उड्ता पंजाब’मा अलियासँगै शाहिद कपुर र करिना कपुरको पनि अभिनय रहने छ ।






