सिड्नी । शान्तिका अग्रदूत भगवान गौतम बुद्धको २५६७ औँ बुद्ध जयन्तीको अवसरमा तमु समाज सिड्नी अस्ट्रेलियाले विभिन्न कार्यक्रम गरी बुद्ध जयन्ती मनाउने भएको छ ।
७ मे २०२३ मा सिड्नीको कोलम्यान पार्कमा बुद्ध जयन्ती उत्सव कार्यक्रमको आयोजना गरिएको तमु समाज सिड्नीका महासचिव अर्जुन गुरुङले लण्डन नेपाल न्यूज अस्ट्रेलियालाई जानकारी दिए ।बिहान ९ बजे फुटबल सुरुहुने छ भने बिहान १० बजे धर्मगुरुबाट भगवान गौतम बुद्धको पुजाबाट सुरु हुने कार्यक्रममा १७ औँ टिएसएस बुढा कप २०२३, छेलो फाल्ने प्रतियोगीता, बालबालिकाका विभिन्न रमाईलो कार्यक्रमका साथमा भव्य रुपमा सम्पन्न गर्न लागिएको उनले बताए ।
भगवान गौतम बुद्धको पुजाआजामा सहभागी भई पुण्य लाभ लिन एवम् खेलकुद कार्यक्रमहरु र अन्य विभिन्न मनोरञ्जनात्मक कार्यक्रममा सहभागी हुन गुरुङले आग्रह समेत गरेका छन् ।






