गाई भैंसीसँग तर्सिने गरिमाको ‘झोला’ अनुभव (भिडियो)

धेरै चलचित्रमा अभिनय पश्चात पनि ठुलो हाईट लिन नसकेकी नायिका गरिमा पन्तलाई चलचित्र ‘झोला’ले एकाएक उचाईमा पुर्याईदियो ।  सति प्रथाको ऐतिहासिक कथामा आधारित यो चलचित्रमा गरिमाले निभाएको भुमिकाको अन्तर्राष्ट्रिय स्तरसम्म कदर भयो । जसको फलस्वरुप उनले सार्क फिल्म फेस्टिभल २०१४ मा उत्कृष्ट नायिकाको अवार्ड समेत हात पारिन् ।नेपालमा बर्षमा हुने दर्जनबढी अवार्ड समारोहहरुमा यो चलचित्र प्रायः अवार्डमा उत्कृष्ट बन्दा गरिमा पनि धेरैमा उत्कृष्ट नायिका बनिन् ।

यो सबैको श्रेय ‘झोला’ नै हो भन्नमा गरिमा पनि गार्हो मान्दिनन् । पुनः रिलिज मिति तय गरेको यो चलचित्र बैसाख ११ बाट दर्शकमाझ आउँदैछ ।  यो बीचमा चलचित्र युनिटले सार्वजनिक गरेको चलचित्र सुटिङको अनुभवसहितका गरिमाको पर्दापछीको अनुभव सहितको भिडियोमा गरिमाले गर्वका साथ चलचित्रको तारिफ गर्दै साथको लागी दर्शकलाई धन्यवाद वोलेकी छिन् ।

चलचित्रले ईतिहास बोल्छ, मेरो लागी यो चलचित्रमा अभिनय गर्नु पहिले सति प्रथाको कुरा पढाईमा मात्र सिमित थियो, तर यो चलचित्रमा अभिनयपश्चात एक समयमै दुई वटा जीन्दगीको अनुभव लिन पाएँ गरिमाले भनेकी छिन, ‘ आफैले सति बन्नुपर्दाको जीन्दगी जिउँदा बल्ल अनुभुती भयो १०० बर्ष पहिलेको नेपाली समाजको नारीहरुको अवस्था । चलचित्रमा अभिनयको लागी निर्माण टिमले गरेको आग्रह  आग्रह निसंकोच स्विकर गरेको भन्दै उनले चलचित्रमा कथाले मागे अनुसारको नै अभिनय रहेको तर नारीलाई उदाङ्ग पार्ने काम नभएको बताएकी छिन् ।

सृजना जस्तो तयार पार्नुछ, त्यो प्रकारको वातावरण तय नगरी त्यसले सार्थकता पाउँदैन, जहाँ चलचित्रको क्याप्टेन निर्देशक हुन्छ, यसरी नै ‘झोला’ तयार भएर यो स्थानमा आउनमा निर्देशक यादव भट्टराईले दिएको योगदानको गरिमाले खुलेर तारिफ गरेकी छिन् । यो चलचित्रको अभिनयबाट जीन्दगी मै सबैभन्दा ठुलो उपलब्धी आफुलाई मिलेको भन्दै गरिमाले सुटिको दौरानमा खाली खुट्टा हिँडेको देखी गाउँमा गाई भैंसीसँग तर्सेकोसम्मका रमाईला अनुभव पनि सार्वजनिक भिडियोमा खुलाएकी छिन् ।
garima panta jholaचलचित्र हलमा आउनु पहिले नै सम्पन्न च्यारिटी र प्रिमियरले हाईट लिँदा एकदमै उत्साहित भएको भन्दै राम्रो काम गरेका त्यसमा खर्चेको दुःख र मेहनतको  कदर हुनेरैछ भन्ने कुरामा आफु दृढ रहेको बताउँछिन् ।  गरिमाले थपेकी छीन्, ‘ जुन उपलब्धी मैले, नेपाली चलचित्र उद्योगले प्राप्त गर्यो त्यो सबैभन्दा ठुलो गर्वको क्षण हो ।’  ठुलो मेहनतका साथ कृष्ण धाराबासीको कृती ‘झोला’ चलचित्रको पर्दामा आएको भन्दै गरिमाले पुनः रिलिजमा पनि माया गरेर सफल बनाईदिन दर्शकहरुमा आग्रह गरेकी छिन् ।
भिडियो हेर्नुहोसः