आविष्कार केन्द्र बनाउन सहयोग जुटाउँदै एनआरएन

लण्डन । गैर आवासिय नेपाली संघ (एनआरएन) ले राष्ट्रिय आविष्कार केन्द्रका लागि आर्थिक सहयोग जुटाउने भएको छ । गत शनीबार एनआरएन केन्द्रका अध्यक्षविच भएको‘भर्चुअल’ कार्यक्रममा यस्तो बताइएको हो । केन्द्रको विकाशका लागि एनआरएनले एक करोड रकम जुटाउने अभियान सुरू भइसकेको एनआरएनका अध्यक्ष कुमार पन्तले बताए । एनआरएनका पूर्व अध्यक्ष कुल आचार्य, वर्तमान अध्यक्ष पन्त र उपाध्यक्ष सोनाम लामाले पाँच लाख रकम दिने घोषणा गरि अभियान थालिएको छ । केन्द्रका लागि रकम जुटाउन विश्वभरका एनआरएन शाखाबाट सहयोग अपिल गरिने अध्यक्ष पन्तले बताए । ‘जुटेको पैसा आविष्कार केन्द्रका लागि फलाम र स्टील काट्ने लेजर मेसिन खरिद गरिनेछ,’उनले भने,‘विदेशमा नेपालीले सिकेको सिप पनि केन्द्रमा प्रयोग गर्न सकिन्छ ।’ नेपालको भविष्य आविष्कार केन्द्रसंग जोडिएको महशुस हुने उनले बताए ।

राष्ट्रिय आविष्कार केन्द्रको ‘भर्चुअल टुर’ गराउँदै अध्यक्ष डा. महावीर पुनले सबैभन्दा बढि कृषिका औजार र सामग्री आविष्कारका लागि धेरै माग बढेको बताए । पुनले पैसाको कमी योगदान दिएको  भन्दै एनआरएनका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले प्रशंसा गरे । त्यस्तै एनआरएनका अर्का पूर्व अध्यक्ष जीवा लामिछानेले सहकार्य गर्न आविष्कार केन्द्र भरपर्दो रहेको बताए ।  झन्डै ५० लाख नेपाली देश बाहिर बस्ने उल्लेख गर्दै पूर्व अध्यक्ष भवन भट्टले भने,‘नेपालीले रूचाउने खाद्य बस्तुहरू उत्पादन गरेर एनआरएनको च्यानल प्रयोग गरि निर्यात गर्न सकन्छ ।’ नेपालमा इन्टरनेट र बिजुली नभएका ठाउँका विद्यार्थीलाई सघाउन माइक्रोसफ्ट कम्पनिसंग सहकाय भइरहेको बेलायतको फ्रेन्डस् अफ एनआईसी नेपालका अध्यक्ष हरिकृष्ण न्यौपानेले बताए ।

नेपालमा १० मेगावट सम्मको जलविद्युत योजना निर्माण गरि त्यसबाट हुने नाफाले केन्द्र चलाउने सोच रहेको अध्यक्ष पुनले जानकारी दिए ।