लण्डन । बेलायत सरकारले कोरोना भाइरसको तेस्रो महामारी आउन सक्ने संकेत देखापरेको भन्दै, त्यसबाट पर्न सक्ने प्रभावबाट सुरक्षीत रहन अर्को हप्ता देखि लागू गर्ने गरी नयाँ तथा कडा नियम ल्याउने संकेत गरेको छ ।
जस् अन्तर्गत अत्ति आवस्यक बाहेक अन्य अवस्थमा विदेश भ्रमणको लागि जुन महिनाको अन्त्य सम्म अनुमती दिइने छैन ।
प्रतिबन्धको उल्लंघन गरेमा ५ हजार पाउण्ड सम्म जरिवाना हुन सक्नेछ । विदेश यात्रा गर्नु पूर्व कारण सहित फर्म भर्नु पर्नेछ अन्यथा २ सय पाउण्ड सम्म जरिवाना हुन सक्नेछ। उक्त नियम संसदबाट अनुमोदन भएमा सोमबारबाट लागू हुनेछ।
विदेश भ्रमणका लागि कामको शिलशिलामा, अध्ययन तथा कानुनी दायित्व वा व्यक्तिगत कारणहरू जस्तै मृत्यु हुनेको नातेदारलाई भेट्न वा अन्त्येष्टिमा भाग लिन भने छुट दिइनेछ ।
बेलायतमा रहेको लक्डाउन चार चरणमा गरी जुन महिनाको २१ तारिकबाट खुल्ला गर्ने कार्यक्रम रहेकोछ। अहिले विश्वव्यापी रुपमा तेस्रो चरणको कोरोना महामारी बढे सँगै लक्डाउन पुन लम्बिन सक्ने संकेत देखा परेको छ।






