लन्डन । हाम्रो नेपाली समाज वेस्ट मिडल्यान्ड युकेको अध्यक्षमा राम भट्टराई चयन भएका छन् । सोमबार सम्पन्न समाजको सातौँ साधारणसभाले भट्टराईको अध्यक्षतामा सर्वसम्मत रुपमा नयाँ कार्यसमिति चयन गरेको हो ।
निर्वाचित भए लगत्तै लन्डन नेपाल न्युज सँग संक्षिप्त कुरा गर्दै नवनिर्वाचित अध्यक्ष भट्टराईले आफुलाई सर्वसम्मत नेतृत्व सुम्पिने सम्पूण पदाधिकारीलाई आभार व्यक्त गर्दै आफूमाथि संस्था हांक्ने चुनौती आएकाले सबैको साथ र सहयोगबाट अगाडि बढ्ने बताए ।

नवनिर्वाचित कार्यसमितिको उपाध्यक्षमा भिम शर्मा र लक्ष्मी खराल गैरे त्यस्तै महासचिवमा ऋषि प्रसाद सापकोटा,सचिबमा रिमा सापकोटा,सह-सचिबमा तुल्सी सापकोटा र कोषाध्यक्षमा मोती सुबेदी र सह-कोषाध्यक्षमा सागर गैरे सर्वसम्मत निर्वाचित भएका छन् ।
यसैगरी सदस्यहरुमा कुमार पाण्डे, दिपक पौडेल, किरण कुँवर, सन्देश गैरे, लक्ष्मी सुबेदी, रुकु रिमाल सापकोटा, विजय कार्की, विवेक खत्री, भुपराज खनाल र नवराज न्यौपाने चयन भएका छन् ।
साधारण सभामा संस्थाका कार्यक्रम र गतिबिधिका बारेमा जानकारी गराउँदै कोषाध्यक्ष लिला खत्रीले आय व्यय समेत प्रस्तुत गरेका थिए । कार्यक्रममा समाजको औचित्य र उद्धेश्यका बारेमा संस्थापक तथा निर्वाचन समिति सयोंजक गगांधर गौतमले प्रष्टाएका थिए । उनले नवगठित समाजका पदाधिकारीहरुलाई समाजको विधान २००७ बमोजिम सपथ ग्रहण समेत गराएका थिए ।

साधारण सभाका अवसरमा निर्वाचन समितिका सयोंजक गगांधर गौतम, मिलन सापकोटा, शिव खराल, कृष्ण शर्मा सापकोटा र सम्झना न्यौपानले आगामी २ वर्षका लागि नयाँ पदाधिकारी निर्विरोध चयन भएको घोषणा गरेका थिए ।
सो अवसरमा संस्थाकी निवर्तमान अध्यक्ष गोमा पौडेलले आफ्नो कार्यकाल सफलतापूर्वक सम्पन्न गर्न सहयोग गर्ने सम्पूण कार्यसमिति पदाधिकारीलाई धन्यवाद व्यक्त गरिन् । उनले सोही अवसर पारेर समाजलाई विभिन्न क्षेत्रबाट योगदान गर्ने अनुज पौडेल, किरण कुँवर, आशिष पौडेल, सजोंग गैरे र ईश्वर खड्कालाई सम्मान पत्र सहित सम्मान गरेकी थिईन् ।

पूर्व अध्यक्ष शिव खरालले आफुहरुले संस्थालाई अत्यन्तै पारदर्शी र जनमुखी रुपमा अगाडी बढाएको भन्दै नवनिर्वाचित समितिले पनि विगतमा भन्दा पनि अझै उत्कृष्ट कार्यसम्पादनका साथ अगाडी बढ्ने विश्वास व्यक्त गरे । उनले नवनिर्वाचित समाजका पदाधिकारीलाई बधाई तथा शुभकामना समेत व्यक्त गरे ।
कार्यक्रमको सुरुवातमा समाजका पूर्व अध्यक्ष मिलन सापकोटाका पिताको निधन प्रति शोक व्यक्त गरिएको थियो समाजकी निवर्तमान अध्यक्ष गोमा पौडेलको अध्यक्षतामा सम्पन्न साधारण सभाको सञ्चालन महासचिव राज कडेंलले गरेका थिए ।






