सीड्नीमा नारी निकुञ्जले यसरी मनायो अन्तर्राष्ट्रिय महिला दिवस

सिड्नी । एनआरएनए अस्ट्रेलियाको अन्तर्गतको नारी निकुन्जको आयोजनामा भव्य रुपमा सिड्नीमा अन्तर्राष्ट्रिय महिला दिवस भव्य रूपमा मनाइएको छ।

यसपटक नेपालमा महिनावारी स्वच्छता सम्बन्धमा काम गरिरहेको प्याड टू गो नामक संस्थालाई सहयोग गर्ने गरी चूज टू च्यालेन्ज नामक च्यारीटि कार्यक्रम आयोजना गरिएको थियो ।

नेपालको ग्रामिण भेगमा महिनावारीप्रतिको परम्परागत सोच र महिलाको स्वास्थ्य बारेमा जनचेतना फैलाउने उद्धेश्यका साथ तत्पर संस्थाहरुलाई सहयोग गर्न उक्त कार्यक्रम आयोेजना गरिएको नारी निकुन्ज अस्ट्रेलियाकी अध्यक्ष सन्ध्या शाहले जानकारी दिइन् ।

कार्यक्रममा प्रमुख अतिथिको रुपमा उपस्थित अष्ट्रेलियाका लागि नेपाली राजदूत महेशराज दाहालले अन्तर्राष्ट्रिय महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रम आफैंमा महिला शसक्तिकरणको प्रतिक भएको विचार ब्यक्त गरेका थिए ।

एनआरएनका केन्द्रिय उपाध्यक्ष मन केसी, एनआरएन आइसीसी महिला संयोजक भूमा लिम्बू, एनआरएन अस्ट्रेलियाका अध्यक्ष केशव कँडेल लगायतले बोलेका थिए ।

नारी निकुन्जकी स्वीकृती भट्टले सञ्चालन गरेको कार्यक्रममा न्यू साउथ वेल्सका महाबाणिज्यदूत दिपक खड्का , कानून व्यवसायी शम्सेर सिंह थापा, पूर्व आइसीसी सदस्य दिनेशराज जोशी, एनआरएन अस्ट्रेलियाका महासचिव ज्ञानेन्द्र रेग्मी, उपाध्यक्ष देव गुरूङ, कोषाध्यक्ष अनिल पोखरेल, प्रवक्ता नन्द गुरूङ, सदस्य पूर्णनाथ घिमिरे, एनआरएनए अस्ट्रेलियाका पूर्व अध्यक्ष सुरेन्द्र सिग्देल , ओएनएफका रमेश पाण्डेलगायतको उपस्थिति थियो।

कार्यक्रममा अनिशा गिरीले कविता प्रस्तुत गरिन् । त्यसैगरी उषा बारिया पोखरेल, भावना पराजुली र रन्जु वाग्ले ,रेसु लम्साल र विनिता श्रेष्ठले सामूहिक नृत्यु प्रस्तुत गरेका थिए ।