पासा पुचः गुठी यूकेले बालबालिकालाई सिकायो चित्रकला

लण्डन । पासा पुच गुठी साउथइस्ट यूकेले शनिवार भर्चुअल रुपमै चित्रकला सिकाई सम्पन्न गरेको छ । ७ बर्षदेखी १२ बर्ष उमेर समूहका बालबालिकाहरुको सहभागिता रहेको कार्यक्रममा संस्थाका महासचिब नगेन्द्र श्रेष्ठले सबैजनालाई स्वागत गरे । १० बर्षीय बालक अंशु सुवालले सञ्चालन गरेको उक्त कार्यक्रममा १० जना अभिभाबक पनि सहभागि रहेका थिए ।

काठमाडौँबाट आर्ट शिक्षक तथा आर्टिस्ट मिस रूपा महर्जन, संस्थाका संरक्षक कुमार श्रेष्ठ, इंग्ल्याण्ड स्टेट कोअर्डिनेसन काउन्सिल एनआरएनए यूके दिपक श्रेष्ठ, पीपीजी रिडिङ्ग ब्रान्चका जानकी कायस्थ, पीपीजीएसईएल यूकेका पूर्वअध्यक्ष सुशील प्रजापति सहभागि रहेका थिए । कार्यक्रमका अध्यक्ष माधवलाल श्रेष्ठले कार्यक्रममा सहभागि भएका सबै जनालाई धन्यवाद दिएका थिए । संस्थाका खेल संयोजक ईश्वर महर्जन र कार्यकारी सदस्य अन्जु सुवाल, स्टार अफ द डे अंशु सुवाललाई पनि धन्यवाद दिए ।

त्यसैगरी चित्रकला शिक्षक महर्जनले पनि सबैलाई शुभकामना दिएका थिइन् । कार्यक्रममा १० बर्षीय अंशुले आफ्नो चित्रकला क्षमता प्रस्तुत गरे । आफ्ना आर्टहरु देखाएर शुरू गरेका उनले थ्रिडी हाउस बनाए । उक्त हाउस बनाउन उनले सहभागि सबैलाई तहगत प्रक्रिया सिकाएका थिए । आधा घण्टाभित्र सहभागि सबै बालबालिकाहरुले चित्र बनाउन सिकेका थिए ।

कार्यक्रममा सहभागि भएर सिक्न पाउँदा उत्साहित बनेका सहभागि बालबालिकाहरुले आगामी कार्यक्रम कहिले हुन्छ भनी जिज्ञासा राखे । जसमा महासचिव श्रेष्ठले एक महिना पछि अर्काे कार्यक्रम आयोजना गरिने बताए ।

कार्यक्रमको उत्तरार्धमा सहभागिले सोधेका प्रश्नको जवाफ अंशुले दिएका थिए । करिब दुई घण्टासम्म चलेको उक्त कार्यक्रमको समापन महासचिब श्रेष्ठले गरेका थिए ।