संखुवासभामा विप्लव समूह र प्रहरीबीच गोली हानाहान

काठमाडौँ । संखुवासभामा नेकपा विप्लव समूहका कार्यकर्ता र प्रहरीबीच गोली हानाहान भएको छ ।

दिउँसो चैनपुर–४, मैदानेस्थित जंगलमा प्रहरीले सर्च अप्रेसन सुरु गरेपछि विप्लव समूहका कार्यकर्ताले गोली चलाएको र प्रहरीले पनि जवाफी फायर गरेको प्रदेश नं १ का प्रहरी प्रमुख डीआईजी इश्वरबाबु कार्कीले जानकारी दिए ।

मोरङको मिक्लाजुङमा विप्लव समूहले शिक्षकको हत्या गरेपछि प्रहरीले पूर्वमा विप्लव समूहको खोजी कार्य जारी राखेको छ।

गोली प्रहारपछि कसैलाई पक्राउ गर्न असफल भएपनि केही हतियार तथा विस्फोटक सामग्री बरामद भएको प्रहरीले जनाएको छ ।