लन्डनमा एनआरएन अध्यक्ष भवन भट्ट संग,पत्रकार सम्मेलन गर्दै

लन्डन- आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषदका अध्यक्ष भवन भट्टसंग, नेपाल पत्रकार महासंघ बेलायतले भट्टसँग अन्तर्क्रिया गर्ने भएको छ ।

अक्टोबरमा अध्यक्षको नेतृत्व सम्हालेपछि पहिलोपटक २२ जनवरीमा बेलायत आउन लागेका भट्टसँग २३ जनवरी मंगलबार साँझ ७ बजे लन्डनमा अन्तरक्रिया गर्न लागिएको हो ।

इलिंग ब्रोडवेस्थित मन्टिजमा हुने उक्त कार्यक्रममा शाखाले भट्टलाई औपचारिक रुपमा बधाइ र स्वागत गर्ने कार्यक्रम छ । अन्तर्क्रियामा गैर आवासीय नेपाली संघको भावी योजना, विदेशमा रहेका नेपालीको संघबाट अपेक्षा, एनआरएनए र पत्रकारहरुबीच व्यवसायिक सम्बन्ध लगायत समसामयिक विषयमा छलफल हुने बताइएको छ ।

गैर आवासीय नेपाली संघ बेलायतले पनि २२ तारिखमा भट्टसहित राष्ट्र बैंकका गभर्नर चिरन्जिवी नेपाल, ग्लोबल आइएमई बैंकका अध्यक्ष चन्द्रप्रसाद ढकाल, एनआरएनए आईसीसी पूर्व अध्यक्ष जीवा लामिछाने, एनआरएनए उपाध्यक्षहरु कुमार पन्त, कुल आचार्य लगायतसँग अन्तरक्रिया गर्ने भएको छ ।