लोडसेडिङ फेरि बढ्यो, अब सातामा ७५ घन्टा बत्ती नआउने

काठमाडौं ३० पुस, । नेपाल विद्युत प्राधिकरणले लोडसेडिङ फेरि बढाएको छ । हाल सातामा ७० घन्टा हुँदै आएको लोडसेडिङ ५ घन्टा बढाएर ७५ पुर्‍याइएको हो ।

माग बढेको र मध्य मर्स्याङ्दी जलविद्युत केन्द्र ममर्तका लागि पूर्ण रुपमा बन्द गर्नु पर्ने भएकाले लोडसेडिङ बढाउनु परेको प्राधिकरणले जनाएको छ ।

विद्युत प्राधिकरणकमा अनुसार माघ ४ गते आइतबारदेखि सातामा ६ दिन ११ घन्टा र एक दिन ९ घन्टा बत्ती आउँदैन ।