एनआरएनए अष्ट्रेलियाले तोक्यो विभिन्न विभागको जिम्मेवारी, कुन समितिमा को संयोजक ?

तक्दीर अधिकारी
सिड्नी । गैरआवासीय नेपाली संघ एनआरएनए अष्ट्रेलियाले आफु मातहतका विभिन्न विभागमा जिम्मेवारीहरु तोकेको छ । जस अनुसार सामाजिक कन्स्टिच्युसन एन्ड बाइ लजको संयोजकमा डा. ज्ञानेन्द्र रेग्मी, कल्याण कोष व्यवस्थामा उषा किरण बारिया, विद्यार्थी कल्याण विभागमा इर्शाद अहमत, नेपाली भाषा र साहित्य विभागमा हेम दुलाल, मिडिया, पत्रलेखा तथा प्रकाशनमा डिल्ली ढकाल, हेल्पडेस्क म्यानेजमेन्टमा नन्द गुरुङ्ग, नेपाली पाठशालामा आङदावा शेर्पा, मानसिक स्वास्थ्य सचेतना कार्यक्रममा भरत नेपाल, घरायसी हिंसा सचेतना कार्यक्रममा सिर्जना संगा्रैला, पाथिभरा स्रद्धाश्रम च्यारिटी व्यवस्थापनमा तिर्थराज कार्की, राष्ट्रिय उद्यमी सम्मेलनमा अनिल पोखरेल, संस्कृति प्रवद्र्धन तथा व्यवस्थापनमा सन्देश परियार, अष्ट्रेलिया नेपाल बिजनेस काउन्सिलको संयोजकको जिम्मेवारी चुडामणी सापकोटाले पाएका छन् । त्यस्तै एसकेआईमा विदुर काफ्ले, वाक फर वेलफेयरमा रामजी बस्नेत, विद्यार्थी सहायतामा प्रकाश अर्याल, सदस्यता समन्वय विभागमा देव गुरुङ्ग, एनआरएनए फाउन्डेसनमा केशव कंडेल, नेपाल फेस्टिवलमा एनआरएनए अष्ट्रेलियाका अध्यक्ष र महासचिव, च्यारिटी र कोष व्यवस्थापन कार्यक्रममा अनिल पोखरेल, नेपाली संघसंस्था समन्वय समितिमा विष्णु हमाल, रक्तदानमा देव गुरुङ्ग तथा खेलकुदको जिम्मेवारीमा भिम बस्नेत रहेका छन् ।

खानेपानी तथा यातायात सुरक्षा विभागमा प्रज्वल भट्टराई, अष्ट्रेलियन समुदायलाई सहयोग कार्यक्रममा इथान शाक्य, अष्ट्रेलियामा नेपालको प्रवद्र्धनमा हरिभक्त अधिकारी, सामुदायिक सुरक्षा र सचेतनामा सुर्य खनाल, इमरजेन्सी रेस्पोन्समा प्रतिज्ञा अधिकारी, दुईदेशको नागरिकता वर्कशपमा डा. ज्ञानेन्द्र रेग्मी, नेपाली उत्पादनको व्यापार कार्यक्रममा नन्द गुरुङ्ग,  विद्यार्थी कल्याण नीति समूहमा इन्जिनियर नारायण काफ्ले, दोस्रो पुस्ता स्वयंसेवक विभागमा नारायण काफ्ले तथा एनआरएनए अष्ट्रेलियाको १५ औँ बार्षिकोत्सब तयारी विभागमा विकाश सापकोटा र अर्जुन गौतमले जिम्मेवारी पाएका छन् ।

यस्तै राष्ट्रिय महिला सम्मेलनमा सन्ध्या शाहले जिम्मेवारी पाएका छन् । उक्त सम्मेलन भने सफलतापूर्वक सम्पन्न भइसकेको छ । एनआरएनए अष्ट्रेलियाका अध्यक्ष केशव कंडेलले जिम्मेवारी पाएका संयोजकहरुले आफु रहेको विभागको काम, कर्तव्य र अधिकार प्रयोग गर्ने, अन्य सदस्यहरुसंग समन्वय गर्ने तथा तोकिएको जिम्मेवारी सफलतापूवर्क पूरा गर्नुपर्नेछ । एनआरएनएले आह्वान गरेको फर्म भरेका व्यक्तिहरुले आफ्नो छनौट अनुसारको जिम्मेवारी पाएको अध्यक्ष कंडेलले बताए बताए । एनआरएनए अष्ट्रेलियाका प्रवक्ता नन्द गुरुङ्गले अप्रिल एकमै जिम्मेवारी संयोजकको जिम्मेवारी तोकिएको थियो भने सदस्यहरु तोक्न ढिलाई हुनुले नाम सार्वजनिक गर्न केही समय लागेको बताए । एनआरएनए अष्ट्रेलियाको १५ औँ बार्षिकोत्सब कार्यक्रम गर्ने भनी यस अघि नै तयारी गरिएको भएपनि कोभिड १९ महामारीको कारण स्थगन गरिएको थियो ।