अन्तत : टुगिंयो जनसम्पर्क समिति अष्ट्रेलियाको विवाद

सिड्नी । नेपाली काँग्रेस समर्थितहरुको प्रवास स्थित भातृसंस्था नेपाली जनसम्पर्क समिति अष्ट्रेलियाको विवाद टुगोंमा पुगेको छ ।

लामो सयदेखि विवाद र किचलोमा रुमल्लिएर दुई समुहमा विभाजित बनेको जनसम्पर्क समितिलाई मिलाउन नेपाली काँग्रेसका केन्द्रिय स्तरका वरिष्ठ नेताहरु अष्ट्रेलिया आएका थिए ।

नेपाली कांग्रेसका उप-सभापति धनराज गुरूङ, नेता चन्द्र भण्डारी, सह महामन्त्री बद्री पाण्डे, प्रदेश सभापति उद्धब थापा लगायतको टोलीले लामो छलफल र वार्तापछि जनसम्पर्क समितिको विवाद छिनोफानो लगाएका हुन् ।

गतवर्ष भएको जनसम्पर्क समितिको चौँथो महाधिवेशनमा सहभागी नभएका असुन्तुष्ट पक्षहरुलाई केन्द्रीय समितिमा समावेश गरेपछि समितिले निकास पाएको हो ।

छलफल पछि असन्तुष्ट पक्षलाई समेटेर विधान बमोजिम कार्यसमिति समेत गठन गरिएको छ । जसमध्ये ५ जना पदाधिकारी र १५ जना केन्द्रीय सदस्य थप गरिएको छ । २ उपाध्यक्ष ,१ महामन्त्री र २ सह-महामन्त्री र बाँकी १५ सदस्य असन्तुष्ट पक्षबाट समावेश गरि समिति निर्माण गरिएपछि जनसम्पर्क समिति एकताबद्ध भएर अगाडी बढेको दुबै पक्षनेताहरुले उद्घोष गरेका छन्

कार्यक्रममा विवाद सुल्झिएपछि असन्तुष्ट दुबै पक्षका नेताहरुले आफुहरुबीच लामो समयदेखि रहँदै आएको अष्पस्टताको समाधान भएको र सिगों जनसम्पर्क समिति बनेको बताएका थिए । उनीहरुले यसका लागि पहल गर्ने सम्पूणर् अग्रज नेताहरुप्रति धन्यवाद समेत व्यक्त गरे ।उनीहरुले एकताको सुत्रमा बाँधिएर जन्मभूमीको योगदानमा अहोरात्र खटिने प्रतिबद्धता समेत व्यक्त गरेका छन् ।

असन्तुष्ट दुबै पक्षलाई एकआपसमा राखेर वार्ता मार्फत निकास निकालेपछि विदेशका अन्य ठाउँमा रहेको समितिको विवाद पनि सुल्झिने आशा बढेको छ । त्यस्तै एनआरएन लगायत काँग्रेसको गतिबिधिहरुमा विभिन्न समयमा आउने अपजस समेत अन्त्य भएको विश्वास लिईएको छ । नेताहरुले नेतृत्वसगंको वितृष्णा समेत पोखेका थिए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपाली कांग्रेसका उप-सभापति धनराज गुरूङले नागरिक विधेयक राष्ट्रपतिबाट छिट्टै नै प्रमाणिकरण हुने बताए । त्यस्तै उनले जनसम्पर्क समितिको विवाद सुल्झिएकोमा खुसी व्यक्त गर्दै एउटै विचार र सिद्धान्तमा बाँधिएर पनि कहिलेकाहीँ फरक मत र विचार आउन सक्ने भन्दै त्यसलाई समेटेर अगाडी बढ्नुपर्ने बताए ।

कार्यक्रमलाई सम्बोधन गर्दै नेपालबाट आएका नेताहरुले पछिल्लो समय युवाहरुलाई पार्टीमा नेतृत्व ल्याउनुपर्ने बताएका थिए । उनीहरुले विदेशमा भएका युवाहरुले प्रवासमा बसेर सीप सिकेर नेपालमा लैजानुपर्ने र त्यसका लागि आफुहरुले पहल गर्ने बताए ।